देश बनाउने यात्रामा हिंडेका
हामीलाई
कति धारे हात लगाउ छौं
कति कष्ट कति दुःख खेपेर
दिनरात नभनी
उज्यालोको छायाँका मुनी
लुकी लुकी
देश निर्माणमा
हिंडेका हामीलाई
भो ! अब गाली नगर .....
निर्दयी हुँदो रहेछ मान्छे
उचालीएर उम्लीएर पात्तिएर
यहाँसम्म आयौ
सपनाको महलमा
कल्पनाको महलमा
हाम्रो भित्री आशय नै नबुझी
दुवै हात हामीमा अर्पित गर्यौ
अब के छ र तिमीसँग ?
फगत अतितको
मीठो कल्पनाबाहेक
यसैले भो अब गाली नगर .....
खुल्ला आकाशमा हेर
नजर लगाउ धर्तीमा
तिम्रो गर्जन र तिम्रो मुक्का
कति सह्यो होला ?
बेदना र क्रुर भएर नै त हामीले
तिमीलाई सास्ती दिइरहेका छौं
दिइरहने छौं
कहिले भाषणमा त
कहिले गोष्ठीमा
कति धारे हात लगाएका छौं ? कति ?
इतिहास हामी जस्ता कै त
लेखिन्छ
हिटलरका पछि लागेकाहरूको
इतिहास छ र ?
फगत
मृत्युबाहेक ?
सेक्सपियर डाउनिगं स्टिट्रमा
हिंडदा मरेका कमिलाको
गन्तिहरु हुन्छ ?
अलेकजेन्डर सोल्जेनिस्सिन
साईबेरीयाको चिसोमा
कठ्यङ्ग्रीएको
विगत कल्पना गर
के त्यति हिम्मत छ ???
छैन भने
हामीलाई कति धारे हात लगाउँछौ ???
मृत्युलाई नजिकबाट हेरेको छु
प्रवासबाट बन्दुक
स्वदेशमा कुल्लीझैं
बोकेको छु
सधैं अतितमा मृत्युसँग
खेलेको छु
हो तिम्रो त्यही खेलमा
वर्तमान हाम्रो बनेको छ
हामी इतिहास रच्छौ
देश रहोस नरहोस
हामी इतिहास रच्छौ
इतिहासको कालखन्डमा
देश उदय र अस्त हुनु सामान्य
हो
यत्ति कुरा थाहा छैन तिमीलाई ?
इतिहास निर्माणमा देश रहनसक्छ
नरहन पनि
हो हामी त्यही
अभियानमा छौं
यसैले
धारे हात नलगाउ..
तिम्रो मृत्युले इतिहास
निर्माण हुन्छ भने
तिमी जस्ता हजारौंको
बलिदान दिन सक्छौ
यसैले चूपचाप बसिरहुँ
तर,
हामी चूपचाप एकान्तमा
गएर बस्ने वाला ग्वाला
होइनौ, याद राख
मृत्यु भयबाट माथि आउ
अंकमाल गर
हाम्रो यात्रालाई ....
धारे हात लगाउन छोडिदेउ ....