बुधवार , जेठ २७, २०८३
भैरहवा, २७ जेठ । पूर्व नेपाली क्रिकेटर शक्ति गौचन खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त हुनुभएको छ । सरकारले गौचनसहित चारजनालाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । गौचन नेपाली क्रिकेट टोलीका पूर्व खेलाडी हुनुहुन्छ । उहाँ नेपाली क्रिकेट इतिहासका सफल स्पिनरमध्ये एक मानिनुहुन्छ । सदस्यमा सिक्का सुवाल श्रेष्ठ, पवन शाही र मोनालिसा खम्बू नियुक्त हुनुभएको छ ।
त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्षमा नियुक्त हुनुभएको छ । श्रेष्ठले लामो समय राष्ट्रिय टोली तथा विभिन्न क्लबबाट व्यवसायिक फुटबल खेल्नुभएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् नेपालको खेलकुद क्षेत्रको सर्वोच्च सरकारी निकाय हो, जसले खेलकुद गतिविधिको सञ्चालन, समन्वय तथा विकाससम्बन्धी काम गर्दै आएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij