२०८३, श्रावण १० गते

Jul 26 2026 | २०८३, श्रावण १० गते

एभरेष्ट माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

बुधवार , जेठ २७, २०८३

  • 823
    Shares
  • 823
    Shares
  • बुटवल, २७ जेठ । रुपन्देहीको बुटवलस्थित एभरेष्ट इङ्लिस बोर्डिङ माध्यमिक विद्यालयले नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्र्तीण गरेर ११ मा अध्ययन सुरु गर्ने झण्डै ६ सय विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको हो । 

    विद्यार्थीलाई स्वागत तथा उच्च शिक्षाका लागि शुभकामना दिदै लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका शाखा अधिकृत कमल प्रसाद अर्यालले उच्च शिक्षाको तयारीमा रहेका विद्यार्थीले सही विषय छनोटसँगै लगन, मेहनत र अनुशासनलाई ध्यान दिनुपर्ने सुझाव दिनुभयो । उहाँले विद्यार्थी जीवनमा सिक्ने र अध्ययन गर्ने विषय धेरै भएकाले धर्यता र लक्ष्य केन्द्रीत अध्ययनले विद्यार्थीलाई गन्तव्यमा पुर्याउने बताउनुभयो । 

    कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले उच्च शिक्षाका लागि अगाडि सरेका विद्यार्थी लक्ष्य केन्द्रीत भएर अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीको आन्तरिक उर्जाको विकास गरी अनुशासित र सक्षम बनाउने अभियानमा एभरेष्ट रहेको उल्लेख गर्नुभयो ।

    विद्यालय सञ्चालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, विद्यालयका सह-प्राचार्य भिमसेन गौतम, विद्यार्थी दर्शन पौडेल, प्रवृति भण्डारीलगायतले उच्च शिक्षाका लागि अग्रसर विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिदै उत्कृष्टताका लागि लगन र मेहनती भएर अध्ययन गर्न आग्रह गर्नुभयो । 

    कार्यक्रममा ४ जीपीए प्राप्त गरि विभिन्न विद्यालयबाट एभरेष्टमा अध्ययन गर्न पुगेका एक दर्जन विद्यार्थीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै विद्यालयकोविभिन्न तहमा अध्यापनरत शिक्षक कर्मचारीलाई समेत प्रोत्साहन सम्मान गरिएको थियो । 

    evrestt.jpg

    शिक्षक माधव पौडेलको सञ्चालनमा भएको कार्यक्रममा चेतना विकास फाउण्डेशनका कार्यकारी प्रमुख कमल सिलवालले विद्यार्थी जीवनमा शैक्षिक यात्रा, विद्यार्थीको लक्ष्य प्राप्ती, उत्कृष्टता हासिल गर्न विद्यार्थी, शिक्षक, अभिभावकको भूमिका विषयमा सहजीकरण गर्नुभएको थियो ।