२०८२, आश्विन ३१ गते

Oct 17 2025 | २०८२, आश्विन ३१ गते

दाङको रानी केक तिलोत्तमाको मणिग्राममा शुभारम्भ

आइतवार , माघ २८, २०८०

  • 841
    Shares
  • 841
    Shares
  • तिलोत्तमा, २८ माघ ।
    विगत दुई वर्षदेखि तुलसीपुरबाट सेवा दिदै आएको रानी केकले आफ्नो शाखा तिलोत्तमाको मणिग्राममा गरेको छ । दाङमा आफ्नो सेवा पस्कदै ग्राहकलाई सन्तुष्टी दिदै आएको रानी केकको शाखा मणिग्राममा सञ्चालनमा ल्याइएको छ । २०७७ साल फागुन २६ गते तुलसीपरमा सञ्चालनमा आएको रानी केक बजार बढाउँदै घोराहीपछि तेस्रो शाखाको रुपमा मणिग्राममा पनि खुलेको हो ।

    रानी केकको शुभारम्भ गर्दै नगरप्रमुख रामकृष्ण खाणले युवाहरुको संयुक्त लगानी रहेको यस्तो खाले उद्योगले युवाहरुमा लगानी र रोजगारीको वातावरण सिर्जना गर्ने बताएका छन् । मणिग्रामदेखि ५० मिटर पुर्व रहेको सो पसलको रिबन काट्दै उद्घाटन गरी जनस्वास्थ्य र सुलभतामा ख्याल गरी व्यवसाय गर्न समेत खाणले सुझाए ।

    नेपालीहरुको विशेष अवसर जस्तै जन्मदिन, विवाह, वैवाहिक वर्षगाँठ, वार्षिकोत्सवसँगै कुनै नयाँ कार्यको सुरुवात गर्दा केक काटेर खुसी साट्ने प्रचलन बढेसँगै केकको माग पनि बढ्दै गएको बताए । उनले ब्राण्ड बनिसकेको रानी केक यसक्षेत्रमा सुरुवात गर्दै व्यवसायसँगै सामाजिक कार्य र रोजगारमा समेत प्रबद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यका साथयो शाखा सुचारु गरेको सञ्चालक दीपक काफ्लेले बताए । 

    व्यवसायको वृद्धिसँगै ग्राहकको मागअनुसार व्यवसायलाई बढाउने क्रममा यस क्षेत्रको प्रमुख व्यापारिक नगर तिलोत्तमाको मणिग्राममा शाखा कार्यालय सञ्चालन गरेको  काफ्लेको भनाइ छ । करिब साढे २२ लाखको लगानीमा मणिग्राम शाखा सञ्चालनमा ल्याइएको रानी केक दीपक काफ्लेसँगै रोमणी खनालले सुरुवात गरेका हुन् । यस क्षेत्रमा रानी केकको स्वाद चखाउन यो व्यवसाय सुरु गरेको उनको भनाइ छ ।

    शनिबार बिहान तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणद्वारा उद्घाटन गरिएको रानी केकको शुभारम्भको अवसरमा वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रे, ६ का अध्यक्ष गणेश पाठक, १३ का अध्यक्ष नारायण ढकाल, १४ का अध्यक्ष आश्विन पौडेल, १७ का अध्यक्ष दान बहादुर चौधरी लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो । आगामी ३ दिनसम्म जन्मदिन पर्ने सबैलाई निःशुल्क केक प्रदान गरिने रानीकेकको मणिग्राम शाखामा ७ जनाले रोजगारी पाएका छन् ।

    WhatsApp Image 2024-02-10 at 9.59.19 PM (3).jpeg

    ग्राहकको चाहनाअनुसार विभिन्न साइज र डिजाइनका शुद्ध स्वास्थ्यबद्र्धक केक उत्पादन गरी सुपथ मूल्यमा विक्रीवितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको अर्का सञ्चालक रोमणी खनालले बताए । बजारको माग र ग्राहकको चाहनाअनुसार यस क्षेत्र वरपर होम डेलिभरीसँगै १५ वर्षमुनिका अनाथ बालबालिका, रातो कार्डवाला अपांगता भएका व्यक्तिहरू, ८० वर्षमाथिका ज्येष्ठ नागरिकसँगै नयाँ व्यवसाय सुरुवात गर्ने उद्यमीहरूलाई प्रोत्साहनका लागि निःशुल्क रूपमा केक उपलब्ध गराउने उनको भनाइ छ ।

    युवाहरु सम्भावना त्यागेर पछिल्लो समय वैदेशिक रोजगारी र अध्ययनका लागि जाँदा ठुलो धनराशी विदेश गएको कुरालाई मध्यनजर गर्दै युवा लगानी सम्भावना र रोजगारीलाई समेत टेवा दिने उद्देश्यका साथ् रानीकेक अगाडी बढिरहेको सञ्चालक दीपक काफ्लेले बताए ।