२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लक्ष्मण पाण्डेको ‘एकान्तमा आँशु खसाए’ सार्वजनिक

बुधवार , माघ १०, २०८०

बुटवल, १० माघ । 
राष्ट्रसेवक कर्मचारी लक्ष्मण पाण्डेको नयाँ गीत ‘एकान्तमा आँशु खसाए’ सार्वजनिक भएको छ । पाण्डेको आफ्नै युटुब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । 

विक्रम परियार र शान्तीश्री परियारको स्वर रहेको यो गीत लक्ष्मण पाण्डे आफैले लेखेका हुन् । संगीत पनि पाण्डेकै रहेको गीतमा एरेन्जको काम विनोद बाजुरालीले गरेका हुन् ।  

विनोद भण्डारीले निर्देशन गरेको म्यूजिक भिडियोमा सम्पादन मनोज कार्कीले गरेका हुन् । अनिल पौडेल र सामारिक ढकालले अभियन गरेको म्यूजिक भिडियोमा सिनेमा अटोग्राफर करन चैसीरले गरेका हुन् । पोष्ट पोड्क्स गोधुली क्रियशनको रहेको छ । गोविन्द पराजुली सागर पराजुलीले रेर्कडिष्टको भूमिका निर्वाह गरेको म्युजिक भिडियोमा मिक्स माष्टर खगक बाजुरेलीले गरेका हुन् ।

यो म्यूजिक भिडियो भन्दा पहिला पाण्डेले ‘सुखी हुन्छ जिन्दगी’ नामक म्यूजिक  भिडियो सार्वजनिक गरिसकेका छन् ।