images

सोमवार, बैशाख २४ गते २०८१

मान्यता र महत्वमा आधारित माघे संक्रान्ति पर्व

मान्यता र महत्वमा आधारित माघे संक्रान्ति पर्व

images
images
images
सोमवार, माघ १ २०८०
सोमवार, माघ १ २०८०
  • मान्यता र महत्वमा आधारित माघे संक्रान्ति पर्व

    नेपालमा मनाईने चाड पर्वहरु तिथि र मितिको आधारमा मनाईने गरेको पाईन्छ । साउन  १ गते (कर्कट सक्रान्ति) कार्तिक १ गते (तुला सक्रान्ति) बैसाख १ गते (मेष सक्रान्ति) र माघ १ गते (मकर संक्रान्ति) का महत्वपूूणर् दिनहरुलाई सक्रान्तिका रुपमा मितिको आधारमा मनाईन्छ । हाम्रा दशै, तिहारजस्ता पर्वहरु तिथिका आधारमा मनाउने गरिन्छ । त्यसैले माघे सक्रान्तिलाई हामी मितिको रुपमा मनाउदै छौ । नेपालमा मनाईने हरेक चाँड पर्वका आफनो महत्व र विशेषताहरु छन् । यी पर्वहरुलाई विभिन्न कालखण्डका इतिहास तथा मान्यताहरुसंग जोडेर ब्यख्या गर्दै त्यसमा नविनता थप्ने प्रयास गरिएको हुन्छ । यस्ता पर्वहरु पौराणीक, धार्मीक, सस्कृतिक, सामाजिक रुपमा पनि ब्याख्या गरिएका हुन्छन् । यसपटकको यो माघे सका्रन्तिलाई पनि यही सेरोफेरोबाट चर्चा गर्ने प्रयास गरिएको छ ।    

    images
    images
    images

    माघे संक्रान्ति मिति एक नाम अनेक
    हरेक वर्ष  पौष ससान्तको राती सूूर्यले आफ्नो रासि बदल्ने गर्दछन् भन्ने गणीतीय धारणा छ । त्यसको अर्को दिन अर्थात माघ १ गतेलाई समग्र रुपमा माघे सक्रान्तिको नामले सम्बोधन गरिन्छ । यो दिनलाई नेपाली समाजमा मकर सक्रान्ति, नहान, माघी, खिचडी पर्व आदि नामले पनि चिन्ने गरिन्छ । मकर शब्दले धेरै अर्थहरु दिएपनि प्रस्तुत सन्दर्भमा ज्योतिसको बाह्र राशिहरु मध्ये  धनुभन्दा पछि र कुम्भभन्दा अगाडि  पर्ने  यो दशौ राशी हो । त्यसैले मकर शब्द राशिसंग सम्वद्ध छ भने संक्रान्ति शब्दले यो अर्थमा सूूर्य वा अरु कुनै ग्रहपुञ्ज एक राशिबाट अर्को राशिमा सर्ने काम वा त्यसरी प्रवेश गर्ने समयलाई जनाउ छ । अथवा यो  संक्रमण शब्द संग सम्वन्धित छ । संक्रमण भनेको ग्रह आदि एक राशिबाट अर्को राशिमा जाने काम वा ठाउँ हो । त्यसैले सूर्यले धनराशी छोडेर मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सक्रान्ति भनेको हो ।

    बैैज्ञानीक तथा ज्योतीषका आधारहरु
    बैज्ञानिक तथा ज्योतीष आधार खोज्ने हो भने माघ १ गते देखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने दिनको रुपमा पनि लिईन्छ । यसै दिन सूर्य धनुराशिबाट मकरराशिमा प्रवेश गरी उत्तरायण शुरु हुन्छ भनिएको छ । उत्तरायण भनेको सूूर्य अहिलेको दिशाबाट उत्तरतर्फ उन्मुख हुुदै जाने भनेको हो । माघ १ गतेबाटै सूूर्य उत्तरायण यात्रामा लाग्ने भएकोले आजैबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने गरिन्छ । माघे सङ्क्रान्ति देखि आगामी साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको अवधिलाई उत्तरायण भनिने गरिएको कथन छ ।

    विभिन्न समुदायमा मानाईने फरक तरिकाहरु
    नेपालमा रहेका विभिन्न समुदायहरुमा माघे सक्रान्ति मनाउने तरिका फरक फरक पाईन्छ । मैथली समुदायले यसलाई तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन । तिला भनेको तील हो । यो समुदायले सन्तानले पछि सम्म पनि साथ दिईरहुन भनेर उनीहरुलाई तील, सख्खर र लड्ड खुुवाउने प्रचलन छ । यसलाई उनीहरु नयाँवर्षको रुपमा पनि मान्ने गरेको पाईन्छ ।  

    थारु समुदायमा पनि यो माघीको रुपमा मनाईन्छ । अध्ययनहरुका अनुसार यो बेला माधमार वा माघीगीत ‘खियै हो, माघी कपिली गुरी जाँर गाउँने प्रचलन छ । यो दिनलार्ई उनीहरु खीचडी खाने दिन भएकोले खिचरहवा पनि भन्ने गर्दछन् । यो दिन उनीहरु बिभिन्न परिकारको मासुु, रोटी माछा पनि खाने गर्दछन् । आफ्ना सम्वन्धहरुलाई अझ दरिलो र प्रगाढ बनाउने दिनको रुपमा पनि माघिलाई लिने गरिएको छ । आफ्नो अगुवा चुन्ने काम पनि यसै दिन यो समुदायले गर्ने प्रचलन थियो ।

    मगर समुदायले पनि आफ्नै तरिकाले माघे सक्रान्ति मनाउने गर्दछन् । उनीहरुले यो पर्वमा दिदिबहिनीहरु पूुज्ने गर्दछन् । दाजुभाइले नुहाएर खाली पेटमा कुलकुलायन र पुर्खालाई पूजा गर्दछन् । त्यसपछि दिदीबहिनीलाई पूजागरी मिठो मिठो खाना र दक्षिणा दिने  गरिन्छ । वनतरुलबिना दिदीबहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले मगर समुदायमा बनतरुल यो पर्वका लागि आवश्यक मानिन्छ । यसै दिन धनुकाड खेलाउने पनि गरिन्छ । यो समदायले तीन दिनसम्म गाउँने र नाच्ने पनि गर्दछन् । 

    नेवार समुदायले मनाउने माघे सक्रान्तिको पनि आफ्नै महत्व छ । घिउ, चाकुु, संल्हखाने चलन छ । कणर्लीका केही भेक र बाग्लुुङ्को तारा खोलातीर यो पर्व सिस्नो खोस्ने, सिस्नो हान्ने पर्बको रुपमा पनि मनाईन्छ । यसरी साथीभार्ई र आफन्तवीच रमाइलो गर्ने गरिन्छ । यस्तो बेलामा जोडि मिलेमा विवाह सम्म पनि गर्ने वातावरण मिल्छ ।  

    तराईमा यस दिन खिचडी, तिल र चिउरा भुजाका लड्डु, खिचडी, तेल, चामल, सख्खर, मिठाई, फलफूल  जस्ता परिकारहरु तयार गरी भगवानलाई अर्पण गरिन्छ । यस्ता परिकारहरु प्रसादको रुपमा ग्रहण गरिन्छ । यो पर्वमा खिचडीको भोजन गर्ने परम्परा भएकोले यसलाई खिचडी पर्वको रुपमा पनि सम्बोधन गरिन्छ ।

    तिलको महत्व
    तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिलदान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महिनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वाससमेत छ । तील सुर्य देव र शनिको सम्वन्धको कथामा यसको महत्वलाई पनि दर्शाईएको छ ।  

    धार्मीक महत्व र स्थानहरु
    यो पर्वमा पवित्र नदीतटमा  स्नान, जप, तप, ध्यान दान, व्रत, ध्यान गर्ने गरिन्छ । यस्तो कार्यले व्यक्तिले पुण्य प्राप्त गर्दछ र चिताएका कुराहरु पूणर् हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । यो दिनमा गुल्मीको रिडीमा तीनदिन भब्य मेला लाग्ने गर्दछ । पाल्पा, स्याङ्जा र गुल्मीको संगम स्थलबाट कालीगण्डकी र रिडी खोला बग्ने गर्दछ । यी नदीहरु माथि तीन जिल्ला जोड्ने तीनमुखे झोलुङगे पुल निर्माण गरिएको छ । माघे सक्रन्तिका तीन दिनलाई यहाँ जेठी, माहिली र कान्छी सक्रान्ति भनिन्छ । यस्तै अन्य स्थाहरुमा देवघाट, परासी पश्चिमका त्रिवेणी, बेत्रावति कनकाई नदी, मार्यवेनी, शंखमुल, बागमतिलगायत धेरै स्थनमा मेला लाग्ने गर्दछ । 

    माघे संक्रन्तिको खुराकिसंग जोडिएको विज्ञान
    माघे सक्रान्तिमा खाने गरिएका खाद्य पदार्थहरु स्वास्थ्य विज्ञानसंग पनि जोडिएर  आउछन् । जसले समाजमा सकारात्मक शन्देश दिने गरेको छ । यस दिन खाईने खिचडीले एन्टी वायोटिकको काम गर्दछ अर्थात रोगसंग लड्ने क्षमता बढाउँछ । यसलाई गोरखनाथसंग पनि जोडने गरिएको छ । साथै पाँचन क्रियालाई चुस्त दुरुस्त राख्छ भनिन्छ । यसैगरी त्यसदिनै खाइने शख्खर, चाकुु, घीउ, तरुल, तील लड्डुु, पिडालु, भूजाको लड्डु, मिठाइहरुले मानव शरिरमा उर्जा प्रदान गर्दछन् । सूूर्य उत्तरायण भएपछि नदीहरुमा वाष्पन क्रिया हुन्छ  । यो बेलामा नुहाउदा रोग ब्याधि हट्ने विश्वास पनि गरिन्छ।

    Chaku-Laddu.jpg
    चाकु र लड्ड लगाएका माघे सक्रान्तिमा खाइने परिकार

    माघे सक्रान्ति र पौराणीक मान्यता
    महाभारतका प्रमुख पात्र मध्येका एक भिष्मको मृत्युको दिन आई सकेको थियो । उनीको  इच्छा अनुसार सूर्य उत्तरायणपछि मात्र परलोक जाने इच्छा राखेका थिए । त्यसैले उनीले आफनो शरीर सूर्य उत्तरायणपछि  त्याग गरेका हुन् भन्ने पौराणिक मान्यता छ । यसैगरी यसबारेमा गीतामा कृष्णले यसको महत्व बताएको पाईन्छ । उत्तरायणको महत्वबारे गीतामा भनिएको छ  - उत्तरायणको बेलामा छ महिना विहानविहानै सूर्यदेवको प्रार्थना गरिएमा धरा प्रकाशमय बन्ने छ । यही प्रकाशमा मृत्युवरण गर्ने व्यक्तिहरुको पुन जन्म नहुने कुरा बताईएको छ । उनीहरु सिधै ब्रह्मलोक बासी बन्नेछन् भनिएको छ। त्यसैले होला महाभारतका पात्र भीष्म पितामहले यो दिन आएपछि मात्र शरीर त्यागेका थिए । प्रकाशम आफ्नो देह त्याग गर्ने ब्यक्तिले फेरी जन्मन पर्दैन भने अन्धकारमा मृत्युवरण गर्नेको पुुर्नजन्म हुन्छ भन्ने मान्यता पनि सुूूर्यको उत्तरायण यात्रासंग जोडेर ब्यख्या गरेको पाईन्छ ।

    हिन्दू धर्म शास्त्रका अनुसार मकर संक्रान्तिदेखि नै देवताहरुको दिन सुरु हुन्छ भन्ने गरिन्छ । यो दिन आगामी आषाढ महिनासम्म रहने विस्वास गरिन्छ। आजको दिनमा गंगाजीले भगीरथको पछिपछि गएर कपिलमुनीको आश्रमहुँदै सागरमा गएर विलिन भएको कथा सुन्न पाईन्छ । महाराज भगीरथले आफ्नो पूर्वजको लागि यसै दिन तर्पण गरेका थिए । यसकारण मकर संक्रान्तिमा गंगासागरमा मेला लाग्ने गरेको बताईन्छ ।

    यसैगरी महादेवले नन्दीलाई पृथ्बीमा सन्देश दिन पठाएछन् । नन्दीले सन्देश दिदा कुरा बिराएछ । यसले कुरा बिराएकाले यस दिनदेखि नन्दी गोरु बनेर पृथ्बीमा जोत्न पठाईएको भन्ने किम्वदन्ति छ । 

    शनि सूूर्यदेव बाबुछोरा वीच राम्रो सम्वन्ध थिएन । सूूर्यदेवलाई कुुष्ठ रोगको श्राप परेको थियो । सुुर्यदेव यमराजका पुत्र थिए । यमराजको तपश्याबाट सुुर्यदेवले कुुष्ट रोगबाट मुक्ति पाएका थिए । सुुर्यदेवले शनिदेवको रासी भनीने कुुम्भजलाई दिएका थिए। यो अवस्थमा यमराजले सुुर्यलाई संंझाएका थिए। एक दिन सुुर्यदेव आफैले कुम्भजलाई दिएका शनिको घर गए शनिले आफूलाई दुखदिएको भएपनि शनीको पूजा तीलले गरे त्यो बाहेक उनीसंग केहीपनि थिएनन् । सूूर्यदेव उनीको पूजाबाट खुसी भएर आफूू मकर राशीमा प्रवेश गरेपछि शनिको घर धनधान्यले पुरा हुने आशिरर्वाद दिएका थिए, त्यसैले तीलले सूूर्यको पूजागर्ने चलन छ । 

    हरेक संस्कृति तथा पर्वहरुले सन्देशहरु बोकेका हुन्छन् । यस्ता सन्देशहरुले सामाजिक एकता धार्मीक विस्वास, मुल्य मान्यता र परम्पराहरुलाई कुनै न कुनै रुपमा उजागर गरिरहेका हुन्छन् । यस्ता पर्वहरुमा पौराणीक तथा बैज्ञानिक पक्ष पनि गाँसिएका हुनाले यीनीहरुको गरिमा बढी रहेको हुन्छ । समय र युुग परिवर्तनसगै यस्ता पर्वहरुमा पनि परिमार्जन हुदै गएको देखिन्छ ।

    माघे सक्रान्तिले हामीले प्रयोग गर्ने मौसम अनुसारको खानाको महत्वका बारेमा बताउदै खानपान शैलीको उपयोगीताबारे सन्देश दिन्छ । सामाजिक सद्भाव बढाउन प्रेरित गर्छ । यसले समन्वयकारी भूमिका र्निवाहबाट संकटहरु पनि समाधान हुन्छन भन्ने कुरा पुराणको माध्यमबाट संकेत गर्दछ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij