२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

रोहिणी–४ मा निःशुल्क स्वास्थ्य शिविर, १६५ जनाले लिए सेवा

शनिवार , पौष २१, २०८०

  • 781
    Shares
  • 781
    Shares
  • भैरहवा, २१ पुस ।
    रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ मा सिद्धार्थ सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको स्त्रीरोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १६५ जनाले सेवा लिएका छन् ।

    रोहिणी–४ स्थित छिपागढ सामुदायिक भवनमा भएको शुक्रबार शिविरमा १६५ जना महिलाको स्वास्थ्य परीक्षण भएको सिद्धार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताले बताए । उनका अनुसार शिविरमा आएका महिलाको रगत परीक्षणका साथै औषधी समेत वितरण गरिएको थियो ।

    ग्रामीण क्षेत्रका बिरामीहरु विशेष गरी महिलालाई लक्षित गरेर शिविर आयोजना गरिएको गुप्ताले बताए । उनले भने, ‘स्वास्थ्य सम्बन्धी समस्या भएर पनि स्वास्थ्य संस्थासम्म पुग्न नसकेका बिरामीहरु शिविरबाट लाभान्वित भएकोमा विश्वस्त छौं ।’

    शिविरको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले स्वास्थ्य नै मानिसको ठूलो सम्पत्ति भएको बताए । उनले यस्ता स्वास्थ्य शिविरले रोगको पहिचान गरी उपचारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
    रोहिणी गाउँपालिका र नेपाल सीएलसी परियोजनाको सह–आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पताल भैरहवाको प्राविधिक सहयोगमा शिविर भएको आयोजकले जनाएका छन् ।

    415039592_122113676492156839_1485943665581694550_n.jpg

    संजय कुमार गुप्ताको अध्यक्षता तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजन, रोहिणी–४ का वडाअध्यक्ष तारानाथ यादव, गाउँ कार्यपालिका सदस्य नियामत अली, युसीएमएसका प्रशासन संयोजक तेज कुमार केसी, दिल्ली यादव, धनेश्वरी चौधरी, नेत्रमाणी पाण्डे, दुर्गा घर्ती, मनोज पन्त, बमबहादुर श्रेष्ठ, स्वास्थ्य चौकी इन्चार्ज उदयराज अधिकारी, ईमरान खानले भनाइ राखेका थिए । मीना पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    415045205_929263628799678_6203557855400418485_n.jpg
    417129097_6737212329723706_8852588713988054869_n.jpg