२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

रुपन्देही शैक्षिक तथा सामाजिक प्रतिष्ठानको अध्यक्षमा थापा

मंगलवार , मंसिर १९, २०८०

भैरहवा, १९ मंसिर ।
रुपन्देही शैक्षिक तथा सामाजिक प्रतिष्ठान (रेसा), नेपाल सिद्धार्थनगर नगरपालिका–९, रुपन्देहीको १४ औं साधारण सभा तथा १० औं अधिवेशन भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले हरि बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा पिताम्बर पन्थ, सचिवमा श्री बहादुर रायमाझी र कोषाध्यक्षमा गंगा भुसाल रहेका छन् ।

Hari Thapa.jpg
हरि बहादुर थापा

त्यस्तै सदस्यहरुमा गम्भिर गुरुङ, बुद्ध कुमार श्रेष्ठ र केशवलाल श्रेष्ठ निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक मोतीलाल सुवेदीले बताए ।

रुपन्देही शैक्षिक तथा सामाजिक प्रतिष्ठान (रेसा) का अध्यक्ष मोती प्रसाद शर्माको अध्यक्षता, संस्कृतिविद् प्रा.डा. गितु गिरीको प्रमुख आतिथ्यता, प्रा.डा. कपिलदेव लामिछानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा निर्वाचन मण्डलका संयोजकले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।