२०८२, आश्विन १ गते

Sep 17 2025 | २०८२, आश्विन १ गते

रिलायन्स फाइनान्सद्वारा नवदुर्गा मन्दिर समितिलाई ३० थान कुर्सी हस्तान्तरण

सोमवार , मंसिर १८, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, १८ मंसिर ।
    रिलायन्स फाइनान्स लिमिटेड भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित श्री नवदुर्गा मन्दिर समितिलाई ३० थान कुर्सी हस्तान्तरण गरेको छ । 

    १४ औं वार्षिकत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार मन्दिर समितिलाई कुर्सी हस्तान्तरण गरिएको रिलायन्स फाइनान्स लिमिटेड भैरहवा शाखा प्रमुख केशव उपाध्यायले बताए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य तथा नवदुर्गा मन्दिर समितिका कोषाध्यक्ष थानेश्वर पाण्डे (प्रकाश) को प्रमुख आतिथ्यता, मन्दिर समितिका उपाध्यक्ष धनबहादुर भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।