२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विरासत बोकेको यति

बुधवार , मंसिर १३, २०८०

होटल यति रुपन्देहीका होटलहरुमध्येको सबैभन्दा पुरानो र अब्बल होटलको रुपमा स्थापित होटल हो । भैरहवाको मुटु देवकोटा चोकमा रहेको होटल सञ्चालन तीनवटा पुस्तासम्म आइपुगेको छ । रुपन्देहीको सबैभन्दा पुरानोमध्येको होटलको रुपमा स्थापित होटललाई स्थापनादेखि हालसम्म बाजे पुस्तादेखि नाति पुस्ताले सञ्चालन गरेका छन् ।

होटललाई देउबहादुर थापाले २०४३ सालमा स्थापना गरी सञ्चालन गरेका थिए । त्यसयता देउबहादुरका छोरा तिलकराज थापा, राम थापा र नाति अभिनव थापा यस होटलको सञ्चालनमा संलग्न छन् । जसका कारण पनि यो होटलले एउटा विरासत बोकेको छ । यसैले यो होटलको सेवा उत्कृष्ट मानिन्छ ।

२०४३ सालमा स्थापना भएको यति होेटल क्रमशः समयको मागअनुसार स्तरोन्नति हुँदै गएको छ । होटलले प्रदान गर्ने आतिथ्यता, सत्कार, खानाको स्वाद र सुरक्षित होटलको रुपमा आफूलाई सदैव उभ्याउन सकेकाले पर्यटकको रोजाईको रुपमा अगाडि बढेको होटलका सञ्चालक अभिनव थापाले जानकारी दिए ।

होटलमा स्वदेशीदेखि विदेशी पर्यटक आउने गरेका छन् । स्थापना कालदेखि हालसम्म खानाको स्वाद र उपभोक्ता (पाहुना) को सन्तुष्टीलाई पहिलो प्राथमिकतामा राखेर होटल सञ्चालन गर्दै आएको सञ्चालक थापाले उल्लेख गरे ।

‘होटलको स्थापना मेरो हजुरबुवा देउबहादुर थापाले गर्नु भएको थियो । उहाँले ४÷५ वर्ष सञ्चालन गरेपछि ठुलो बुवा तिलकराज थापा र बुबा राम थापाले सञ्चालन गर्नु भयो, विगत २ बर्षदेखि मैले हेर्दै आएको छु’अभिनवले भने । ‘हजुरबुवा, ठुलोबुवा र बुवाले देखाउनुभएको मार्ग र मैले अध्ययन गरेर सिकेको सीपलाई प्रयोग गरेर होटललाई उत्कृष्ट होटल बनाउने योजनाका साथ काम गरिरहेको छु ’उनी भन्छन् ।

स्थापनाकालमा १६ वटा कोठा र रेष्टुरेण्टबाट सुरु भएको यति होटलमा अहिले सुविधासम्पन्न ३२ वटा कोठा तथा स्तरीय रेष्टुरेण्ट छ ।

IMG_9976बेड.jpg

यतिको रेष्टुरेण्टमा खाना खाइरहेकाहरुले विगतदेखि अहिलेसम्मको स्वादमा कुनै कमी नआएको बताउँछन् । ‘गुणस्तरमा कुनै सम्झौता नगर्ने गरी होटल सञ्चालन गरेका छौं । सञ्चालक थापाले भने,‘पर्यटकले शुद्ध र सक्दो हाईजनिक खुवाउने उद्देश्यले आफैले उत्पादन गरेको नुडल्स प्रयोग गर्ने गरेका छौं ।’

भैरहवालाई ट्रान्जिटको रुपमा प्रयोग गर्ने पर्यटकका लागि होटल यति स्तरीय होटलको रुपमा रहेको छ । नेपाली, ईण्डियन, कन्टिनेन्टलसहित मागका आधारमा खाना तयार गर्ने गरेको होटलले जनाएको छ ।

यति होटलपछि रुपन्देहीमा थुप्रै होटलहरु खुलेका छन् । यति होटलमा इञ्जिनियरहरु बसेर भैरहवाको होटल निर्वाणा, लुम्बिनी होक्के होटल निर्माण गरेको थापा बताउँछन् । रुपन्देहीको पर्यटन क्षेत्रको विकासमा यति होटल एउटा कोशेढुंगाको रुपमा पहिचान बनाएको छ । अहिलेसम्मको अनुभव र बजारको मागका आधारमा निकट भविष्यमा भैरहवामा पाँचतारे होटल सञ्चालन गर्ने सोच रहेको सञ्चालक थापाको भनाइछ ।

होटल यति कै अगाडि देवकोटा चोकमा पाँचतारे होटल सञ्चालन गर्न पुग्ने जग्गा रहेको र सोही ठाउँमा पाँचतारे होटल र ३० वटा बंगालासहितको हाउजिङ खोल्ने तयारी रहेको थापाको भनाइ छ ।

त.jpg
IMG_9752बक.jpg