२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

इन्टर्याक्ट क्लब अफ लुम्बिनीको पदस्थापन

आइतवार , श्रावण १८, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, १८ साउन ।
    इन्टर्याक्ट क्लब अफ लुम्बिनी गौतमबुद्ध मा.वि.को छैठौं पदस्थापन कार्यक्रम आइताबार सम्पन्न भएको छ । 

    क्लबका नवनिर्वाचित अध्यक्ष सुधिर जैसवाललाई प्रमुख अतिथि रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सपथ ग्रहण गराइ अध्यक्षको कलर लगाइ पदस्थापन गराएका थिए । कार्यक्रममा बोल्दै श्रेष्ठले इन्टर्याक्ट क्लबलाई मातृ क्लबबाट सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 

    कार्यक्रममा निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, पूर्वअध्यक्ष दिनेश पौडयाल, खिम बहादुर कार्की, जितेन्द्र नाथ शर्मा, रोटरियन विष्णु थापा तथा शिक्षक–शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

    117101293_713676149486597_5097989036981820900_n.jpgसोही अवसरमा विद्यालय परिसरमा फूलका बिरुवा रोपिएको थियो । कार्यक्रममा उपस्थित रोटरियन सदस्यहले सहयोग स्वरुप इन्टर्याक्ट क्लबलाई ५ हजार नगद समेत हस्तान्तरण गरेका थिए ।