मंगलवार, मंसिर १९ गते २०८०

भूकम्पपीडित नागरिकको जीवन रक्षाका लागि एमालेको ध्यानाकर्षण

भूकम्पपीडित नागरिकको जीवन रक्षाका लागि एमालेको ध्यानाकर्षण

images
images

खबर पात्रो

४, मंसिर २०८०
  • 205
    SHARES
  • भूकम्पपीडित नागरिकको जीवन रक्षाका लागि एमालेको ध्यानाकर्षण

    काठमाडौं, ४ मंसिर ।

    नेकपा एमालेले भूकम्पपीडितको जीवनरक्षाका लागि उचित व्यवस्था गर्न माग गरेको छ । भूकम्पपीडितले चिसोका कारण ज्यान गुमाउनुपरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एमालेले अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित प्रबन्ध गर्न मााग गरेको हो । 

    images
    images

    ‘भूकम्प प्रभावित जिल्ला जाजरकोटमा समयमा उपचार नपाएर १० जना भूकम्प पीडितहरुको मृत्यु भएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले बृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीहरुलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दुःखद् घटना भएको छ,’ एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी समयमा उपचार नपाएर मृत्यु हुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र सरकारलाई अविलम्ब नागरिकहरुको जीवन रक्षाको लागि उचित प्रबन्ध गर्न जोडदार माग गर्दछ ।’

    विज्ञप्तिको पूर्णपाठ :

    ३ मंसिर २०८०

    भूकम्प प्रभावित जिल्ला जाजरकोटमा समयमा उपचार नपाएर १० जना भूकम्प पीडितहरुको मृत्यु भएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले बृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीहरुलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दुःखद् घटना भएको छ । 

    हालसम्म चिसोका कारण मृत्यू हुनेहरुमा बारेकोट गाउँपालिका–१ रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड ४ कि ४८ वर्षीय पम्फा रावल, बारेकोट गाउँपालिका वडा नं बयालाका ६० वर्षीय कर्णवीर विक, बारेकोट ६ ताँसीका ५५ वर्षीय वीरकहादुर विक,  जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी नगरपालिका वडा नं ४ तल्याउनका केशव भडेल हुनुहुन्छ । 

    हाम्रो पार्टी समयमा उपचार नपाएर मृत्यु हुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र सरकारलाई अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित प्रबन्ध गर्न जोडदार माग गर्दछ ।

    राजेन्द्र गौतम
    प्रमुख
    प्रचार तथा प्रकाशन विभाग

    images
    प्रकाशित मिति :मंसिर ४, २०८० सोमवार - २१:०२:४१ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij