२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

छठपर्वको अवसरमा भैरहवामा शोभा यात्रा, मैथिल समाज प्रथम

आइतवार , मंसिर ३, २०८०

भैरहवा, ३ मंसिर ।
छठ पर्व–२०८० को अवसरमा श्री छठ पूजा समिति सिद्धार्थनगर नगरपालिका–५, रुपन्देहीले शोभा यात्रा निकालेको छ । छठ पूजा अघि आइतबार भैरहवामा विभिन्न झाँकीसहित शोभा यात्रा निकालिएको छठ पूजा समिति सिद्धार्थनगर–५ का संयोजक आनन्द प्रसाद गुप्ताले बताए ।

सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर अगाडिबाट निकालिएको शोभा यात्रा पिपरिहया चोक, गल्लामण्डी, मिलनचोक, बैंकरोड हुँदै सेवापथस्थित श्री कालीभक्ति गण (ई) मा रहेको छठ पूजास्थलमा पुगेर समापन भएको शोभा यात्राका संयोजक जोगेन्द्र अग्रहरीले बताए ।

शोभा यात्रामा नेपाल मैथिल समाज रुपन्देही भैरहवा प्रथम, सिद्धार्थनगर प्रथम, अग्रहरी सेवा समाज रुपन्देही द्वितीय, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय भैरहवा तृतीय तथा महाबली युवा संघ सिद्धार्थनगर–६, श्री सिद्धार्थ सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी सि.न.पा. ५, १२ र १३ र साहू तेली कल्याण सेवा समिति सान्त्वना भएको शोभा यात्रा मूल्यांकन समितिका संयोजक गोविन्द प्रसाद बस्यालले बताए । 

शोभा यात्रामा प्रथम हुनेलाई रु. ५ हजार, द्वितीयलाई रु. ३ हजार, तृतीयलाई रु. २ हजार र सान्त्वना हुनेलाई रु. १/१ हजारसहित प्रमाणपत्रले पुरस्कृत गरिएको सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले जानकारी दिए । पुरस्कारको सौजन्य जैसवाल सेवा समिति सिद्धार्थनगरले गरेको वडाअध्यक्ष श्रेष्ठले बताए ।

शोभा यात्रामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने संघ–संस्थालाई लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान र छठ पूजा समिति सिद्धार्थनगर ५ का संयोजक आनन्द प्रसाद गुप्ताले पुरस्कार प्रदान गरेका थिए ।