२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

चारदेशीय महिला टी-२० सिरिज हङकङले जित्यो

आइतवार , मंसिर ३, २०८०

  • 829
    Shares
  • 829
    Shares
  • काठमाडौँ, ३ मंसिर । हङकङले चारदेशीय महिला टी-२० सिरिजको उपाधि जितेको छ ।

    आइतबार सम्पन्न फाइनल खेलमा तान्जानियालाई ५ विकेटले पराजित गर्दै हङकङले सिरिज जितेको हो ।  तान्जानियाले दिएको ८५ रनको लक्ष्य पछाएको हङकङले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

    यसअघि तान्जानियाले पहिला ब्याटिङ गर्दै १८.४ ओभरमा अल आउट हुदै ८४ रन बनाएको थियो । 

    यस सिरिजमा नेपाल भने आजै भएको तेस्रो स्थानको खेलमा जापानलाई पराजित गर्दै तेस्रो भएको थियो ।  यस सिरिजमा जापान भने कुनै पनि खेल जित्न असफल भएको थियो ।