मंगलवार, मंसिर १९ गते २०८०

केबलकारलाई ढुवानी र यातायातको माध्यम बनाऔं : कुलमान घिसिङ

केबलकारलाई ढुवानी र यातायातको माध्यम बनाऔं : कुलमान घिसिङ

images
images

खबर पात्रो

२, मंसिर २०८०
  • 455
    SHARES
  • केबलकारलाई ढुवानी र यातायातको माध्यम बनाऔं : कुलमान घिसिङ

    बुटवल, २ मंसिर । 
    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा केबलकारहरु अझ धेरै संख्यामा निर्माण गरी पहाडी र हिमाली क्षेत्रमा ढुवानी र यातायातको माध्यम बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । 

    हालसम्म नेपालमा केबलकार पर्यटकलाई यात्रा गराउने उद्देश्यले मात्र बनाइएको भन्दै उनले नेपाल जस्तो पहाड र हिमालको भूबनोट भएको मुलुकमा केबलकारलाई सडकको विकल्पमा ढुवानी र यातायातको माध्यम बनाउनुपर्ने बताएका हुन् ।  

    images
    images

    शनिबार बुटवल र पाल्पा जोड्ने लुम्बिनी केबलकारको अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले नेपालमा केबलकारहरु सञ्चालन हुने संख्या बढ्दै जाँदा यसले आन्तरिक विद्युत खपत समेत बढाउने बताए । 

    पहाडी क्षेत्रमा सडक बनाएर इन्धनबाट ढुवानी गर्नु धेरै महंगो पर्ने, व्यापार घाटा बृद्धि हुने र वातावरण समेत प्रदुषित हुने भएकाले सरकारले केबलकारलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । 

    घिसिङले केबलकारहरुले नेपालमा पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जनासँगै स्वच्छ उर्जा खपतमार्फत वातावरण संरक्षणमा पनि योगदान गरिरहेको बताए । ‘केबलकारले पर्यटनमा टेवासँगै वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा ठूलो योगदान गरेको छ’–घिसिङले भने–‘पहाडका चुनखानीहरुबाट सिमेन्ट उद्योगसम्म ढुवानी गर्न केबलकारहरु सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ, त्यसतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्छ ।’ 

    सो अवसरमा घिसिङले केबलकारको टप स्टेशनमा रहेको बुटवल–पाल्पा ३३ केभीए प्रसारण लाइनको समेत निरीक्षण गर्दै करेन्ट लागेर हुन सक्ने सम्भावित दुर्घटना रोक्न बसन्तपुरमा एउटा पोल थप्न निर्देशन दिए । घिसिङले कामाख्यादेवी मन्दिरको दर्शन र पूजाआजा समेत गरे । 

    केबलकारका स्टेसन म्यानेजर डिएन कायस्थ सैंजूले स्थानीयसहित आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको लुम्बिनी केबलकारले प्रतिमहिना ६ लाख रुपैयाँ महसुल बराबरको विद्युत खपत गरिरहेको बताए । उनले केबलकारले स्थानीयलाई प्राथमिकता दिई करिब १ सय जनालाई रोजगारी दिएको र प्रत्येक टिकटदरको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई सेवा शुल्क वापत बुझाउंदै आएको जानकारी गराए । 

     

    images
    प्रकाशित मिति :मंसिर २, २०८० शनिवार - १७:५९:०६ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij