मंगलवार, मंसिर १९ गते २०८०

तिलोत्तमामा शुक्रबारदेखि व्यापार मेला, सांसद् डा. भण्डारीले उद्घाटन गर्ने

तिलोत्तमामा शुक्रबारदेखि व्यापार मेला, सांसद् डा. भण्डारीले उद्घाटन गर्ने

images
images

खबर पात्रो

३०, कार्तिक २०८०
  • 349
    SHARES
  • तिलोत्तमामा शुक्रबारदेखि व्यापार मेला, सांसद् डा. भण्डारीले उद्घाटन गर्ने

    तिलोत्तमा, ३० कार्तिक । 
    तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देहीको  आयोजनामा मंसिर १ गते शुक्रबारदेखि तिलोत्तमाको मणिग्राममा हुने तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव–२०८०’ को तयारी आन्तिम चरणमा पुगेको छ ।

    ‘सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ मंसिर १२ गतेसम्म सञ्चालन हुने मेलामा गेट, सचिवालय, मञ्च, स्टललगायतका निर्माण कार्य सकिएको छ । मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले गर्ने कार्यक्रम तय भएको मेला मूल आयोजक समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी (माधव) ले बताए ।

    images
    images

    मेला उद्घाटन पूर्व मेला सचिवालयबाट आमा समूह, क्लब, संघ–संस्था, टोल विकास संस्थालगायतको सहभागीतामा विभिन्न जातजातिको भेषभुषा र झाँकीसहित प्रभातफेरी कार्यक्रम गरिने प्रकाशन, जनचेतना र्याली श्रव्य दृश्य व्यवस्थापन समितिका संयोजक हरिलाल पाण्डेले बताए । प्रभातफेरी कार्यक्रम मेला सचिवालयबाट कफी कम्पनी, मणिग्राम चोक, क्रिमसन अस्पताल हुँदै मेला सचिवालयमा पुगेर समापन हुने र उत्कृष्ट झाँकी प्रदर्शन गर्ने समूहलाई प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कारको व्यवस्था गरिएको संयोजक पाण्डेले बताए ।

    मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं विक्री हुने संघका महासचिव राजकुमार पाण्डेले बताए । प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यवसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने गोष्ठी, तालिम तथा सेमिनार समितिका संयोजक सुरज पंगेनीले जानकारी दिए । 

    प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने विश्वास गरिएको छ ।

    मेला तथा महोत्सवका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवर्द्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, गोष्ठी र अन्तक्रिया रहनेछन् ।

    मेलामा औद्योगिक प्रविधि, रेष्टुरेण्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत विभिन्न प्रकृतिका ३ सय स्टलहरू रहनेछन् । 

    मेला तथा महोत्सवलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, प्रदर्शनी आइडल लगायत प्रतियोगिताहरु रहने जनाइएको छ ।

    मेला सम्पन्न गर्न सरकारका विभिन्न निकायहरु, राजनीतिक दल, संघ–संस्था, सुरक्षा निकाय, उद्योगी, व्यवसायी, सञ्चारकर्मी, समाजसेवी एवं आम नागरिकहरुको पूर्ण साथ र सहयोग प्राप्त हुनेमा संघले विश्वास लिएको सचिवालय तथा मञ्च व्यवस्थापन समिति संयोजक ज्ञानेन्द्र ज्ञानेन्द्र कार्कीले बताए ।

     

    images
    प्रकाशित मिति :कार्तिक ३०, २०८० बिहिवार - २३:३९:०२ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij