२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

भुकम्पपीडितको सहयोगार्थ सिद्धार्थनगरका मेयरले ६ महिनाको सुविधा दिने

आइतवार , कार्तिक १९, २०८०

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, १९ कार्तिक ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का नगरप्रमुख (मेयर) इश्तियाक अहमद खानले भुकम्प पीडितहरुको सहयोगार्थका लागि आफूले पाउने ६ महिनाको सुविधा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

    भुकम्पले जाजरकोट र रुकुम पश्चिमी पुराएको क्षतिप्रति दुःख व्यक्त गर्दै भुकम्प पीडितहरुको पुनस्र्थापन, गाँस, बास र कपास लगायतको व्यवस्थापनका लागि आफुले पाउने ६ महिनाको सुविधा बराबर २ लाख ३४ हजार रुपैयाँ समान रुपमा दुवै जिल्लाको पीडितहरुको सहयोगार्थ प्रदान गर्ने नगरप्रमुख खानले बताए ।

    ‘भुकम्पले मानवीय र भौतिक रुपमा धेरै क्षति पुर्याएको छ, मानवीयताले पनि हामी सबै नेपालीले दुःखमा परेका नेपालीलाई सहयोग गर्ने भावना हुनुपर्छ’ उनले भने, ‘सोही भावनाअनुसार थोरै सहयोगले भए पनि पीडितहरुमा ‘घाउमा मलहम’ लगाउन पुगोस भन्ने उद्देश्यले सुविधा बराबरको रकम प्रदान गर्ने निर्णय गरेको हँु ।’

    घोषणा गरिएको सुविधा बराबरको उक्त रकम दुवै जिल्लाको विपद् व्यवस्थापन कोष वा नेपाल सरकारले तोकेको मापदण्डअनुसार उपलब्ध गराइने सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।