images

मंगलवार, बैशाख २५ गते २०८१

सियारीमा सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुँदै

सियारीमा सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुँदै

images
images
images
बिहिवार, कार्तिक १६ २०८०
बिहिवार, कार्तिक १६ २०८०
  • सियारीमा सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुँदै

    भैरहवा, १६ कार्तिक । रुपन्देहीको सियारी गाउँपालिकामा शुक्रबार (भोली) देखि प्रथम अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । ‘स्वास्थ्यका लागि खेल, राष्ट्र विकासका लागि खेल’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा पालिकाभित्रका खेलाडीहरुले भाग लिनेछन् । 

    images
    images
    images

    प्रतियोगितामा सियारीका ६ वटा वडाका ११ टीमको सहभागिता रहने शिक्षा तथा खेलकुद शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए । प्रतियोगतामा वडा नम्बर ३ बाहेकका अन्य ६ बटा वडाले प्रतियोगितामा भाग लिएका छन् । 

    प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र भोली दिउँसो २ बजे सियारी–४ छपियाको खेलमैदानमा उद्घाटन खेल हुने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । खेल क्षेत्रको प्रवद्र्धनका साथै खेलका माध्यमबाट सियारीको विकास गर्ने तथा युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिए । 

    IMG_20231101_165119.jpg
     सियारी-४ छपियास्थित खेलमैदान

    उद्घाटन खेलसहित १७, १८ र १९ गतेका खेलहरु छपिया खेल मैदानमा र बाँकी २१, २२ र २३ गतेका खेलहरुका सियारी–७ अमुवा स्थित खेल मैदानमा हुने प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए । उद्घाटन र समापनका दिन एउटा खेल हुने र बाँकी दिनमा २ वटाका दरले खेल हुने पन्थीले जानकारी दिए ।  प्रतियोगिताका विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँ पाउने उनले जानकारी दिए । सियारीमा यति ठुलो राशीको फुटबल प्रतियोगिता पहिलो भएको उनले दावी गरे । 

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij