images

सोमवार, बैशाख २४ गते २०८१

टी–२० विश्वकप छनोट खेलका लागि नेपाली टीमको घोषणा, सन्दिप पनि परे

टी–२० विश्वकप छनोट खेलका लागि नेपाली टीमको घोषणा, सन्दिप पनि परे

images
images
images
शनिवार, कार्तिक ११ २०८०
शनिवार, कार्तिक ११ २०८०
  • टी–२० विश्वकप छनोट खेलका लागि नेपाली टीमको घोषणा, सन्दिप पनि परे

    काठमाडौं, ११ कार्तिक । 
    आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टीमको घोषणा भएको छ । आगामी कात्तिक १३ गतेदेखि सुरु हुने सो खेलका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो ।  नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप छनोट खेल्ने नेपाली टीम घोषणा आज गरेको हो ।

    images
    images
    images

    जसअनुसार कप्तान रोहित पौडेलको नेतृत्वको टीममा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी परेका छन् ।

    सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी–२० सिरिज नखेले पनि विश्वकप छनोट खेलमा भने समावेश हुन पुगेका छन् । उनले मानसिक तनावको कारण देखाउँदै छनौटको तयारी स्वरुप खेलिएको खेल भने खेलेका थिएनन ।

    सो प्रतिष्पर्धामा कुल ८ देश सहभागी हुनेछन, जसका लागि २ समूह बनाइएको छ । घरेलु मैदानमा सो खेल खेल्न लागेको नेपाल भने समूह ‘ए’ मा परेको छ, जुन समुहमा मलेसिया, ओमन र सिंगापुर रहेका छन भने समूह ‘बी’ मा भने बहराइन, हङकङ, कुवेत र युएईको टीम रहेको छ  ।

    एसिया छनोट खेल आगामी कात्तिक १३ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान र मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछ । क्यानका अनुसार समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन भने समूह बीका सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij