२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

तिलोत्तमा नगरपालिका कार्यालयसम्म पुग्न सेवाग्राहीलाई निःशुल्क अटोरिक्सा सेवा

मंगलवार , आश्विन २३, २०८०

भैरहवा, २३ असोज ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा सेवा सुरु गरेको छ । नगरपालिकाले नगरपालिका प्रवेशद्वार रहेको शंखपुर चोकदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने÷आउने सेवाग्राहीका लागि सोमबारदेखि निःशुल्क अटो सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाको कार्यालय मुख्य सडकदेखि करिब एक किलोमिटरभित्र भएकाले सेवाग्राही नगरपालिकामा सेवा लिन आउँदा साधन खोजेर वा रिक्सामा पैसा तिरेर आउनुपर्ने बाध्यता हटाउन अटोरिक्सा सेवा सञ्चालन गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले बताए ।

उक्त रुटमा महिला चालकले रिक्सा चलाई सेवाग्राहीलाई पालिकासम्म पु¥याउनेछिन् । महिला पनि अवसर पाए जुनसुकै काम गर्न सक्छ भन्ने कुरालाई पुष्टि गर्नका लागि अटो चालक महिला राखिएको उनले बताए । तत्कालका लागि एउटा मात्रै अटोरिक्सा सञ्चालनमा ल्याइएको र पछि आवश्यकताअनुसार अटरिक्साको संख्या बढाउँदै जाने नगरप्रमुख खाणले जानकारी दिए ।