images

मंगलवार, बैशाख २५ गते २०८१

नापी प्राविधिक समाज रुपन्देही गठन, अध्यक्षमा बन्जाडे

नापी प्राविधिक समाज रुपन्देही गठन, अध्यक्षमा बन्जाडे

images
images
images
शनिवार, आश्विन २० २०८०
शनिवार, आश्विन २० २०८०
  • नापी प्राविधिक समाज रुपन्देही गठन, अध्यक्षमा बन्जाडे

    भैरहवा, २० असोज ।
    रुपन्देही जिल्लाका स्थानीय तहमा कार्यरत तथा नापीको कार्य गर्दै आएका प्राविधिकहरुको छाता संगठन नापी प्राविधिक समाज रुपन्देही गठन गरिएको छ । रुपन्देहीमा क्रियाशील नापी प्राविधिकहरुको शुक्रबार तिलोत्तमाको वनवाटिकामा आयोजित एक भेलाले नापी प्राविधिक समाज गठन गरेको हो । 

    images
    images
    images

    नापी कार्यमा क्रियाशील कर्मचारी तथा सो कार्यमा संलग्न प्राविधिकहरुको प्रथम भेलाले तिलोत्तमा नगरपालिकाका नापी प्राविधिक प्रविन बन्जाडेको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा हृदेश बनिया, महासचिवमा हरि नारायाण केसी, सचिवमा राजु प्रसाद चौधरी, सह–सचिवमा प्रदिप यादव  र कोषाध्यक्षमा पुजा गौतम चयन भएका छन् । 

    त्यस्तै सदस्यहरुमा दीपक कुमार पटेल, जय कृष्ण कुवर, रिंकु कोहार, राजन बरई, भेद कुमार लोंध र धर्मेन्द्र चौधरी चयन भएका छन् । पालिकास्तरमा कार्यरत अन्य १÷१ सदस्य भनेपछि मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष प्रविन बन्जाडेले बताए ।

    त्यस्तै भेलाले अर्को बैठकमा सल्लाहकार समेत चयन गर्ने बताएको छ । देशव्यापी रुपमा नापी प्राविधिकहरुको हकअधिकार र संरक्षण सुनिश्चित गर्दै नापीको क्षेत्रमा कार्यरत प्राविधिकहरुको क्षमता अभिवृद्धि गर्ने, त्रुटीहरुको एकीकृत समाधान गर्ने, सबै प्राविधिकहरुमा एकरुपता ल्याउने, नापी कार्यक्षेत्रका सम्भावना, चुनौतीलाई समन्वयात्मक भूमिकामार्फत सुझाव सल्लाह र सहयोग गर्ने तथा स्थानीय तहका प्राविधिक, प्राविधिक अध्ययन गर्दै गरेका, सेवामा रहेका र सेवाको अवसर खोजी गरेका सबैलाई समाजमा स्थान दिएर अगाडी बढ्ने निर्णय गरिएको छ ।

    समाजले आगामी दिनमा नापी प्राविधिकको क्षमता अभिवृद्धि गर्न विशेष कार्यक्रम ल्याउने अध्यक्ष बन्जाडेले बताए । कार्यक्रममा उपाध्यक्षमा हृदेश बनियाले नापी प्राविधिकहरुको उचित व्यवस्थापन गर्न समाज लागिपर्नेमा जोड दिए ।  

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij