images

बुधवार, बैशाख २६ गते २०८१

सिद्धार्थनगरमा नक्सा अभिलेखीकरण प्रमाणपत्र वितरण सुरु

सिद्धार्थनगरमा नक्सा अभिलेखीकरण प्रमाणपत्र वितरण सुरु

images
images
images
बिहिवार, आश्विन १८ २०८०
बिहिवार, आश्विन १८ २०८०
  • सिद्धार्थनगरमा नक्सा अभिलेखीकरण प्रमाणपत्र वितरण सुरु

    भैरहवा, १८ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले पुरानो नक्सा पास नभएका भवनहरुको अभिलेखीकरण गरी घर नक्सा अभिलेखीकरण प्रमाणपत्र वितरण सुरु गरेको छ ।

    images
    images
    images

    नगरबासीले घर बनाएर नक्सा पास नगर्दा विभिन्न निकायमा समस्या भोग्न थालेको गुनासो प्राप्त भएपछि नगरपालिकाको कार्यालयले पुरानो नक्सा पास नभएका भवनहरुको नक्सापास नियमित गर्ने सम्बन्धी विशेष कार्यविधि २०७७ (प्रथम संसोधन २०७९) र नगरपालिकाको स्वीकृत भवन तथा योजना मापदण्ड २०७२ अनुसार घर नक्सा अभिलेखीकरण गरी प्रमाणपत्र वितरण सुरु गरेको हो ।

    बिहिवार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले अभिलेखीकरणका लागि दर्ता भएको नगरपालिका वडा नम्बर ३ स्थित धरधनी सिता बोहरा क्षेत्रीको निवेदनको घर नक्सा अभिलेखिकरण प्रमाणपत्र परिवारको सदस्यलाई प्रदान गरेर वितरण कार्यको सुरुवात गरेका हुन् । जसका लागि कार्यालयले २०७९ चैत १७ गते ९० दिन म्यादको सार्वजनिक सूचना जारी गरेर मापदण्ड अनुसार नगरपालिका क्षेत्रभित्र निर्माण भएका तर निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त नभएका (सार्वजनिक मापदण्डका कारण नक्सापास नभएकाबाहेक) २०७८ चैत १५ अघिसम्मका आवसीय घर तथा भवनका संरचनाहरुको नक्सा नियमित वा अभिलेखीकरण गराउनका लागि आह्वान गरेको थियो ।

    सूचना पश्चात म्याद अवधीमा घर नक्सा अभिलेखीकरण गराउनका लागि ४८ वटा निवेदन दर्ता भइ नियमअनुसार कार्य भइरहेको सिद्धार्थनगर नगरपालिकाका भवन तथा नक्सा शाखा प्रमुख मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

    दर्ता भएका निवेदनहरुमा कार्यवाही भइरहेको र क्रमशः अन्य घरधनीहरुलाई पनि मापदण्डअनुसार अभिलेखीकरण प्रमाणपत्र उपलब्ध गराइने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

    पुरानो घर नक्सा पास नगरेका नगरबासीले समस्या भोग्न थालेपछि आफूहरुले नगरवासीको हितमा समस्याको निकास निकालेर कार्य गरिरहेको नगरप्रमुख खानले बताए ।

    ‘घर निर्माण गरिसकेको तर मापदण्डअनुसार भए पनि कार्यालयबाट निर्माण सम्पन्न प्रमाणपत्र नलिएका नगरबासीहरुले दुःख पाएको गुनासो आउन थालेपछि हामीले नगरबासीको हितमा नक्सा सम्बन्धी कार्यविधी संशोधन गरेर भवन तथा योजना मापदण्डअनुसार अभिलेखीकरण गरी निर्माण सम्पन्न प्रमाणपत्र वितरण गर्न थालेका हौं’ नगरप्रमुख खानले भने, ‘यस कार्यले समस्यामा परेका नगरवासीहरुको समाधान गर्ने प्रयास गरेका छौँ ।’

    घर नक्सा अभिलेखीकरण प्रमाणपत्र प्राप्तीपछि घरधनी परिवारका सदस्य विजय बोहरा क्षेत्रीले नगरपालिकाले गरेको कार्यको प्रशंसा गरे । उनले अभिलेखीकरण प्रमाणपत्र नहुँदा आफूहरुलाई धेरै समस्या परेको बताउँदै अब प्रमाणपत्र प्राप्तीपछि धेरै सहज हुने बताए ।
    ‘घर नक्सा सम्बन्धमा नगरपालिकाले धेरै राम्रो काम गरेको छ’ उनले भने, ‘प्रमाणपत्र नहुदाँ धेरै समस्या भोग्नु परेको थियो, नियमअनुसार नै प्रमाणपत्र पाउँदा अब रोकिएका सबै काम हुने भए, हामी खुशी छौं  ।’
     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij