images

बुधवार, बैशाख २६ गते २०८१

तरकारी बजारमा सिद्धार्थनगर नगरपालिकाको अनुगमन, २७ किलो तामा नष्ट

तरकारी बजारमा सिद्धार्थनगर नगरपालिकाको अनुगमन, २७ किलो तामा नष्ट

images
images
images
बुधवार, आश्विन १७ २०८०
बुधवार, आश्विन १७ २०८०
  • तरकारी बजारमा सिद्धार्थनगर नगरपालिकाको अनुगमन, २७ किलो तामा नष्ट

    भैरहवा, १७ असोज ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले मायादेवी तरकारी तथा फलफूल बजारमा अनुगमन गरेको छ । कार्यालयले नियमित बजार अनुगमन अन्तर्गत बुधवार तरकारी बजारमा अनुगमन गरेको हो ।

    images
    images
    images

    अनुगमन टोलीले तरकारी पसलको दर्ता, नविकरण र बजारमा विक्रीका लागि राखिएको तरकारीमा विषादी रहे/नरहेको अनुगमन गरेको थियो ।

    दर्ता/नविकरण नगरेको पसल सञ्चालकहरुलाई दर्ता गर्न निर्देशन दिइएको र विषादी अवशेष परिक्षणका लागि विभिन्न तरकारीको नमूना संकलन गरिएको सिद्धार्थनगर नगरपालिकाकी उप्रमुख एवं अनुगमन समिति संयोजक उमा अधिकारीले बताइन् । उनले अनुगमनको क्रममा आर जे तरकारी एण्ड फलफुल सप्लायर्समा विक्रीका लागि राखिएको उपभोग गर्न नमिल्ने ढुसी परेको करिब २७ किलो तामा जफत गरी नष्ट गरिएको बताइन् ।

    त्यस्तै टोलीले बजारमा रहेको विभिन्न ९ वटा लुम्बिनी सब्जी भण्डार, उमर सप्लायर्स, वैष्णवी सप्लायर्स, सद्दाम फ्रुट एण्ड भेजिटेबल सेन्टर र दर्ता नरहेका तरकारी पसलबाट अदुवा, गाजर, गोभी, घिरौला, च्याउ, करैला, स्कुस लगायतमा विषादी अवशेष परीक्षणका लागि नमूना संकलन गरेको छ ।

    तरकारीको संकलित नमूनामा विषादी अवशेष परिक्षणका लागि उक्त नमूनाहरु खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवामा पठाइएको नगरपालिकाको कार्यालयले जनाएको छ ।  
    ‘तरकारीको नमूना हामीसगँ छ’ खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक मनोज अधिकारीले भने, ‘अब हामीले परीक्षण गर्छौ, अनि तरकारीमा विषादी रहे/नरहेको जानकारी हुनेछ, नगरपालिकाको कार्यालयलाई बिहीबारसम्म रिपोर्ट उपलब्ध गराउँछौं ।’
    संकलित तरकारीको नमूना जाँचको रिपोर्टपश्चात थप प्रक्रिया अघि बढाइने संयोजक अधिकारीले बताइन् ।

    सिद्धार्थनगर नगरपालिकाको अनुगमन समितिकी संयोजक एवं उपप्रमुख उमा अधिकारीको संयोजत्कवमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सिद्धार्थ उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, नगरपालिकाको स्वास्थ्य शाखा, राजस्व शाखा, पत्रकारलगायत रहेका थिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij