images

बुधवार, बैशाख २६ गते २०८१

कोटहीमाई गाउँपालिका : सूचनाको हकलाई प्रभावकारी बनाउन हरेक कार्यालयमा सूचना अधिकारी

कोटहीमाई गाउँपालिका : सूचनाको हकलाई प्रभावकारी बनाउन हरेक कार्यालयमा सूचना अधिकारी

images
images
images
मंगलवार, आश्विन १६ २०८०
मंगलवार, आश्विन १६ २०८०
  • कोटहीमाई गाउँपालिका : सूचनाको हकलाई प्रभावकारी बनाउन हरेक कार्यालयमा सूचना अधिकारी

    भैरहवा, १६ असोज । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले सूचनाको हकलाई प्रभावकारी बनाउन गाउँपालिकामातहतका प्रत्येक कार्यालयमा सूचना अधिकारी राख्ने भएको छ ।

    images
    images
    images

    गाउँपालिकामातहत रहेका सामूदायिक विद्यालय, स्वास्थ्य चौकी, मदरसा, वडा कार्यालयहरुमा एक जना सूचना अधिकारी तोक्ने कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताए । 

    सम्बन्धित कार्यालयहरुले दिएका सेवा तथा गरेका गतिविधिबारे जिज्ञासाको यर्थात सूचना दिने प्रयोजनका लागि सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ६ र सूचनाको हकसम्बन्धी नियमावली २०६५ को नियम २४ (क) बमोजिमको आधिकारिक सूचना अधिकारी तोक्न हरेक कार्यालयलाई निर्देशन दिइएको भट्टराईले जानकारी दिए । 

    तोकिएको सूचना अधिकारीको फोटोसहितको विवरण गाउँपालिकामा पठाउनुका साथै सम्बन्धित कार्यालयमा समेत सबैले देखिने गरी राख्नुपर्ने प्रमुख प्रशासकीय भट्टराईले जानकारी दिएका छन् । यसबाट गाउँपालिकाभित्रका हुने हरेक गतिविधि पारदर्शी हुने र सबैले सहज रुपमा सूचना पाउने उनले बताए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij