images

बुधवार, बैशाख २६ गते २०८१

मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे छलफल

मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे छलफल

images
images
images
सोमवार, आश्विन १५ २०८०
सोमवार, आश्विन १५ २०८०
  • मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे  छलफल

    बुटवल, १५ असोज  । बुटवल उपमहानगरपालिकामा भएको छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्।

    images
    images
    images

    उनले मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि बुटवल उपमहानगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने विश्वास दिलाए। उनले २०२२ सालदेखि बसोबास गरिरहेकाहरुको समस्याको समाधान गरेर औद्योगिक क्षेत्र निर्माण गर्नका लागि ड्रोनबाट जग्गा नापजाँच गरिएको भन्दै सोहीअनुसारको जग्गा यकिन गरी निर्माणको काम अगाडि बढाउनुपर्ने बताए।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय तहहरुबाट भएको पहल सकारात्मक भएपनि संघीय सरकारले गर्नुपर्ने काम बाँकी रहेको बताए।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले औद्योगिक क्षेत्र निर्माणका लागि सबैको चासो र समन्वयअनुसार अगाडि बढाउनका लागि स्थानीय प्रशासन तयार रहेको बताए।

    कार्यक्रममा बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश अधिकारीले मोतीपुर औद्योगिक क्षेत्रको जानकारी सहितको प्रस्तुति गरेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij