मंगलवार, मंसिर १९ गते २०८०

लुम्बिनी साँस्कृतिक नगरपालिकाको टोली चीन प्रस्थान, भगिनी सम्बन्ध मजबुत हुने विश्वास

लुम्बिनी साँस्कृतिक नगरपालिकाको टोली चीन प्रस्थान, भगिनी सम्बन्ध मजबुत हुने विश्वास

images
images

सुरेश परियार

४, आश्विन २०८०
  • 411
    SHARES
  • लुम्बिनी साँस्कृतिक नगरपालिकाको टोली चीन प्रस्थान, भगिनी सम्बन्ध मजबुत हुने विश्वास

    लुम्बिनी, ४ असोज ।
    रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका टोली बिहीबार चीन प्रस्थान गरेको छ । चीनको दन्हुन् सिटीको निमन्त्रणमा नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानको नेतृत्वमा नगर उपप्रमुख कल्पना हरिजन, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली, प्रवक्ता ईनामुल्लाह फकिर, लेखा अधिकृत रामचन्द्र अर्याल, वडाअध्यक्ष नईमुल्लाह खाँन, विनोद श्रीवास्तव, वन अधिकृत सन्तोषी पाण्डे, इञ्जिनियर आशिष यादव, समन्वय अधिकृत तुल्सीराम लामिछाने र प्रशासन शाखा प्रमुख शोभाखर पौडेल चीन भ्रमण प्रस्थान गरेका हुन् ।

    चीन भ्रमणका क्रममा दुई सिटीबिच भगिनी सम्बन्ध थप विस्तार हुने विश्वास लिएको छ ।
    बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध दर्शनको प्रचारप्रसार गरी नेपालको विश्व्यापी रुपमा पहिचान स्थापित गराउन लुम्बिनी साँस्कृतिक नगरपालिका कटिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीले बताए । साथै चीन सरकार लुम्बिनी साँस्कृतिक नगरपालिकासँग पारस्पारिक सम्बन्ध कायम गर्न चाहेको र आफूहरु पनि तत्पर रहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ ।

    images
    images

    चीनका विभिन्न शहरमा पर्यटन प्रवद्र्धन, संस्कृति र कला लगायतका क्षेत्रमा अनुभव आदानप्रदान कार्यक्रम रहनेछ । भ्रमण ७ दिनको रहने जनाइएको छ ।

    images
    प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - १९:५१:३९ बजे

    सुरेश परियार

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij