मंगलवार, मंसिर १९ गते २०८०

बाल दिवसको अवसरमा काशीमा फुटसल प्रतियोगिता 

बाल दिवसको अवसरमा काशीमा फुटसल प्रतियोगिता 

images
images

खबर पात्रो

२८, भाद्र २०८०
  • 1.2K
    SHARES
  • बाल दिवसको अवसरमा काशीमा फुटसल प्रतियोगिता 

    भैरहवा, २८ भदौ ।
    ५९ औं बाल दिवसको अवसरमा काशी नोबल एकेडेमी सिद्धार्थनगर, रुपन्देहीले विद्यार्थीहरुबीच फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा ११ र १२ का विद्यार्थीबीच भएको खेलमा कक्षा ११ का विद्यार्थी अर्थटीम विजेता तथा कक्षा १२ का विद्यार्थी सनटीम उपविजेता भएका छन । विजेता टीम र उपविजेता टीमलाई मेडल र शिल्ड प्रदान गरिएको थियो । 

    विद्यालय सञ्चालक समितिका उपाध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अन्तर्राष्ट्रिय क्रिकेटर शक्ति गौचनले खेलको उद्घाटन गर्दै आफू क्रिकेट खेलाडी भए पनि सबै खेलको महत्व उत्तिकै रहेको बताए । खेलले नै नेपाललाई चिनाउन सक्ने उनले बताए । 

    images
    images

    विद्यालय सञ्चालक समितिका उपाध्यक्ष अजय कुमार गुप्ताले राज्यले खेलकुद क्षेत्रमा खासै ध्यान दिन नसकेको बताए । उनले विद्यालयले खेलकुद क्षेत्रमा पनि ध्यान दिनुपर्ने बताए ।

    कार्यक्रममा विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले विद्यालयले हरेक गतिविधिसहित सबै खेलमा पनि विद्यार्थीलाई अग्रसर गराएको बताए । उनले ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्दै खेलको महत्व धेरै भएको बताए । 

    विद्यालयका संयोजक हरि प्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रममा संयोजकहरु निर्मल हुमागाई, दीपक काफ्ले, शिक्षक तेज प्रसाद पन्थ, डिलाराम पाण्डे, डा.नविन पन्थ, शोभना पाण्डे, ममता घिमिरे, क्रिकेट प्रशिक्षक अन्तिम गुरुङलगायतको उपस्थिति रहेको थियो । 

    images
    प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - १८:४५:५५ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij