images

आइतवार, बैशाख १६ गते २०८१

नेपाली सेनाद्वारा गैडहवा ताल पुनर्निर्माण गरी हस्तान्तरण

नेपाली सेनाद्वारा गैडहवा ताल पुनर्निर्माण गरी हस्तान्तरण

images
images
images
बिहिवार, भाद्र ७ २०८०
बिहिवार, भाद्र ७ २०८०
  • नेपाली सेनाद्वारा गैडहवा ताल पुनर्निर्माण गरी हस्तान्तरण

    भैरहवा, ७ भदौ ।
    राष्ट्रपति चुरे तराई मधेश सरक्षण विकास कार्यक्रम अन्तर्गत गैडहवा ताल पुनर्निर्माण गरी नेपाली सेनाले गैडहवा गाउँपालिकालाई हस्तान्तरण कार्यक्रम गरेको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलको अध्यक्षता तथा काली भक्ति गण (ई), भैरहवाका रथि सीताराम खड्काको प्रमुख आतिथ्यतामा भयको कार्यक्रममा बोल्दै प्रमुख अतिथि रथि खड्काले ताल संरक्षणले पर्यटन प्रवद्र्धनसँगै जैविक विविधताले पनि बढेर जाने बताए । यस्ता खाले ठुला जल संरक्षणले पानीको सतहलाई मात्रै नभइ सिंगो वातावरणलाई फाइदा हुने उनले बताए ।

    images

    गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले ताल गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै रहेकाले गैडहवा ताललाई पर्यटन प्रवद्र्धन र प्रचारप्रसार गर्न सबैसँगै आग्रह गरे । उनले लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गैडहवा तालसम्म ल्याउन सके पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।

    राष्ट्रपति चुरे तराई मधेश सरक्षण विकास समितिबाट आर्थिक वर्ष २०७९/०८० को स्वीकृत बजेटबाट नेपाली सेनाले पुनर्निर्माणको काम गरी गैडहवा ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको हो ।

    तालको संरक्षण तथा पुनर्निर्माणका लागि नेपाल सरकारको राष्ट्रपति चुरे–मधेश संरक्षण कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७९ /०८० मा १ करोड ५० लाख रुपैयाँ बिनियोजन भएको थियो । जैविक विविधता, सिमसार र पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको गैडहवा ताल बुद्ध जन्मस्थल लुम्बिनीदेखि करिव १२ किमी उत्तरतर्फ पर्दछ । ताल गैडहवा गाउँपालिका वडा नम्बर ४ मा अवस्थित रहेको छ ।

    WhatsApp Image 2023-08-24 at 12.28.29 PM.jpeg

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij