images

आइतवार, बैशाख १६ गते २०८१

तिलोत्तमामा सार्वजनिक सुनुवाई, जनगुनासो सम्बोधन गर्ने प्रतिवद्वता

तिलोत्तमामा सार्वजनिक सुनुवाई, जनगुनासो सम्बोधन गर्ने प्रतिवद्वता

images
images
images
बिहिवार, भाद्र ७ २०८०
बिहिवार, भाद्र ७ २०८०
  • तिलोत्तमामा सार्वजनिक सुनुवाई, जनगुनासो सम्बोधन गर्ने प्रतिवद्वता

    तिलोत्तमा, ७ भदौ ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, सम्पूर्ण वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नगरका शाखागत कर्मचारी, वडा कार्यालयका कर्मचारीलगायत नगरपालिकाभित्र रहेका सरोकारवाला संघ–संस्था, महिला समाजका प्रमुखहरु, बुद्धिजीवि तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

    images

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले वर्षभित्र (गत आर्थिक वर्ष २०७९/८०) मा गरिएका गतिविधिहरुको संक्षिप्त प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत अर्यालले प्रगति विवरण प्रस्तुत गरेपश्चात् सहभागीहरुले टिप्पणी, गुनासो, प्रश्न, सुझाव र प्रशंसासहितका मिश्रित प्रतिक्रियाहरु राखेका थिए । कार्यक्रममा जिज्ञासा र प्रश्न राख्दै सहभागीहरुले विकास निर्माण र मानवीय विकासमा जोड दिन सुझाव दिदै नगरमा भएका गतिविधिहरुका जनचासोका विषयमा प्रश्न राखेका थिए ।

    नगरपालिकाको सार्वजनिक जग्गा, भवन निर्माण, यातायात, महिला तालिमको उपयोगिता, शिक्षा र पाठ्यक्रमका विषयमा, मणिग्राम, ड्राइभरटोल तथा मंगलापुर र भलवारी चोकमा भएको डुबान समस्या, स्वास्थ्यसम्बन्धी समस्या, समाधान, समयमा सडक निर्माण, विस्तार, कालोपत्रे, पानीको समस्या, कृषकका समस्या, कृषिमा आत्मनिर्भर बन्न पालिकाद्वारा गरिनुपर्ने कामहरु, महिला समूहद्वारा उत्पादित स्थानीय उत्पादनको बजार व्यवस्थापन तथा प्रयोग, कृषिमा विभेदको अन्त्य र समानान्तर हक र उपयोगिता, अपांगमैत्री वातावरण निर्माण, पुरातात्विक महत्वका पुराना ऐतिहासिक सम्पदाहरुको खोजतलास तथा संरक्षण, न्यायिक सम्पादन, वैकल्पिक सडकको निर्माण, शिक्षा, स्वास्थ्य खानेपानी, रोजगारी, स्थानिय उत्पादन र बजार व्यवस्थापन लगायत उठाइएका चासो गुनासोहरूलाई नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बुँदागत रुपमा स्पष्ट पारेका थिए ।

    जवाफमा नगरको तर्फबाट कतिपय प्रोजेक्टहरू सम्पन्न भएको, कति हुन बाँकी नै रहेको कतिपय कार्यहरुको आउँदो नीति तथा कार्यक्रममा समावेश गरी अगाडि बढ्ने प्रतिवद्वता जनाउँदै चासो, गुनासो र प्रश्न राख्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।

    नगरप्रमुख खाणले कोही कसैसँग सुझाव सल्लाह प्रतिक्रिया भए विभिन्न माध्यमबाट पठाउन र नगरपालिकामा एउटा सेवाग्राही भन्दा पनि सल्लाहकारको रुपमा आउन आग्रह गरे । उनले सबैको साथ सहयोगको आवश्यकता रहेकोमा जोड दिए । पत्रकार विनोद परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij