images

शनिवार, बैशाख १५ गते २०८१

तिलोत्तमामा वार्षिक समीक्षा, कार्यसम्पादन उत्कृष्ट रहेको दावी 

तिलोत्तमामा वार्षिक समीक्षा, कार्यसम्पादन उत्कृष्ट रहेको दावी 

images
images
images
बिहिवार, भाद्र ७ २०८०
बिहिवार, भाद्र ७ २०८०
  • तिलोत्तमामा वार्षिक समीक्षा, कार्यसम्पादन उत्कृष्ट रहेको दावी 

    तिलोत्तमा, ७ भदौ । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति, योजना तथा कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । नगर कार्यपालिकाका सदस्य, विषयगत शाखा अन्तर्गत सम्पूर्ण शाखाहरू, वडा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुबाट वार्षिक प्रगति प्रस्तुत गरिएको थियो । समग्रमा आर्थिक वर्ष योजना कार्यान्वयनको हिसाबले उत्कृष्ट रहेको दावी गरिएको छ ।

    images

    नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकाको समग्र विकासका लागि कर्मचारी र जनप्रतिनिधि मिलेर अगाडि बढ्नुपर्ने बताए । उनले एक साइकलका दुई पांग्रा बनेका कर्मचारी र जनप्रतिनिधिले जनताको सेवकको रुपमा छिटोछरितो, विश्वसनीय तरिकाले समयमै कार्यसम्पादन गरेमा मात्र जनप्रतिनिधिको चाहना र देशको समृद्धिको खुड्किलो पूरा हुने बताए ।

    त्यस्तै उपप्रमुख जगेश्वर देवी चौधरीले कर्मचारीले कुनै पनि विलम्ब नगरी जनताको सेवामा कुनै कसर बाँकी नराखी छिटोछरितो र स्तरीय सेवा दिन तथा हरेक योजना र विकास निर्माणका कार्यसम्पादन समयमै गर्नुपर्ने बताइन् । उनले जनप्रतिनिधि र कर्मचारी एक्लैले मात्र चाहेर कुनै पनि काम अगाडि नबढ्ने हुँदा सबैको सल्लाह-सुझाव र अग्रसरतामा निश्चित समयमै कार्यसम्पादन गर्नुपर्नेमा जोड दिइन् ।

    प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरको समृद्धिका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । उनले नगरका हरेक गतिविधिलाई विकाससँग जोड्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारी मिलेर अगाडि बढ्नुपर्ने बताए । जनप्रतिनिधि, कर्मचारी, पत्रकारलगायतको प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कार्यालयको समग्र आय व्यय र योजना तथा विकास निर्माण र सेवा प्रवाहको अवस्थाबारे विश्लेषण गरेका थिए ।

    नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रशासन योजना तथा अनुगमन शाखा अधिकृत माधव प्रसाद पोखरेलले गरेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij