images

शनिवार, बैशाख १५ गते २०८१

छिपागढ स्वास्थ्य चौकी नवनिर्मित भवनको उद्घाटन

छिपागढ स्वास्थ्य चौकी नवनिर्मित भवनको उद्घाटन

images
images
images
बुधवार, भाद्र ६ २०८०
बुधवार, भाद्र ६ २०८०
  • छिपागढ स्वास्थ्य चौकी नवनिर्मित भवनको उद्घाटन

    भैरहवा, ६ भदौ ।
    रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित कोटहवामा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ । ५४ लाखको लागतमा निर्माण सम्पन्न भएको दुईतले स्वास्थ्य चौकी भवनको बुधबार गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गरेका हुन् । 

    images

    सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष यादवले जनतालाई नजिकबाट सेवा दिन जनप्रतिनिधि लागिपरेको बताए । उनले स्वास्थ्य, शिक्षा क्षेत्रको विकासका लागि अघि बढेको बताए । उनले भने, ‘रोहिणी गाउँपालिकामा सुविधासम्पन्न अस्पताल बनाउन लागिपरेका छौं ।’ उनले भौतिक संरचनासँगै सेवा पनि स्तरीय हुनुपर्नेमा जोड दिदै त्यसका लागि गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    त्यस्तै गाउँपालिकाका निवर्तमान अध्यक्ष सनोज कुमार यादवले आफ्नो कार्यकालमा स्वास्थ्य चौकी भवनको शिलान्यास भएको जानकारी दिदै समयमै सम्पन्न भएकोमा खुसी ब्यक्त गरे । उनले नागरिकले सर्वसुलभ स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिए ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले स्वास्थ्य चौकी भवनले नागरिक स्वास्थ्य सेवाबाट लाभान्वित हुने विश्वास व्यक्त गरे ।

    रोहिणी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तारानाथ यादवको अध्यक्षता तथा स्वास्थ्य चौकी इञ्चार्ज बुद्धि प्रसाद पन्थको सञ्चालनमा भएको कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खान, वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरी, समाज सेवी सञ्जय गुप्ता, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

    369609574_6238755286236082_2026858492644798351_n.jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij