images

आइतवार, बैशाख १६ गते २०८१

व्यवसाय करको दरमा संशोधन गर्न सिद्धार्थनगर नगरपालिकालाई सिद्धार्थ सञ्जालको आग्रह

व्यवसाय करको दरमा संशोधन गर्न सिद्धार्थनगर नगरपालिकालाई सिद्धार्थ सञ्जालको आग्रह

images
images
images
सोमवार, भाद्र ४ २०८०
सोमवार, भाद्र ४ २०८०
  • व्यवसाय करको दरमा संशोधन गर्न सिद्धार्थनगर नगरपालिकालाई सिद्धार्थ सञ्जालको आग्रह

    भैरहवा, ४ भदौ ।
    सिद्धार्थ सञ्जाल रुपन्देहीले व्यवसाय करको दरमा यथाशिघ्र संशोधन गरी लागू गर्न सिद्धार्थनगर नगरपालिकासँग आग्रह गरेको छ । हालको व्यवसायको अवस्था अत्यन्तै मन्दीमा रहेकाले यथाशिघ्र संशोधन गरी लागू गर्न सञ्जालले आग्रह गरेको हो ।

    images

    सोमबार विज्ञप्ती जारी गर्दै सञ्जालले सिद्धार्थनगर नगरपालिकाको कार्यालयद्वारा लागू गरिएको आर्थिक वर्ष २०८०/०८१ को व्यवसाय करको दरमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । राजस्व परामर्श समितिमा छलफल तथा सहमति भएको भन्दा फरक ढंगबाट सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को व्यवसाय करको दररेट प्रकाशन गरेको सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । उनले भने, ‘यस संस्थामा आबद्ध व्यवसायिक संघ–संस्था तथा उद्योगी व्यवसायीहरुको व्यापक गुनासो आएकोले सिद्धार्थ सञ्जालको बिमति रहेको छ ।’ सहमतिअनुसार नभएमा आन्दोलनमा उत्रिन बाध्य हुने ज्ञवालीले बताए ।

    ‘सम्पूर्ण उद्योगी व्यवसायीज्यूहरुलाई सिद्धार्थनगर नगरपालिकाको कार्यालयले अर्को निर्णय नगरेसम्म व्यवसाय कर नबुझाउन हुन हार्दिक अनुरोध गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।

    368409627_240176959001105_4683804045691007501_n.jpg

    व्यवसाय करको दरमा संशोधन माग गर्दै आइतबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीले संयुक्त रुपमा नगरप्रमुख इश्तियाक अहमद खानलाई ज्ञापनपत्र बुझाएका थिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij