images

आइतवार, बैशाख १६ गते २०८१

कोटहीमाईमा स्वच्छता तथा महिनावारीसम्बन्धी सचेतना 

कोटहीमाईमा स्वच्छता तथा महिनावारीसम्बन्धी सचेतना 

images
images
images
शनिवार, भाद्र २ २०८०
शनिवार, भाद्र २ २०८०
  • कोटहीमाईमा स्वच्छता तथा महिनावारीसम्बन्धी सचेतना 

    भैरहवा, २ भदौ ।
    बागेश्वरी असल शासन क्लब (बास) रुपन्देहीले कोटहीमाई गाउँपालिकामा स्वच्छता तथा महिनवारीसम्बन्धी सचेतना कार्यक्रम गरेको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा बासले करीब ४ सय किशोरी तथा महिलाहरुलाई प्रशिक्षण गरेको हो ।

    images

    कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले महिनावारीको समयमा महिलाले सरसफाईमा अझ बढी ध्यान पुर्याउनुपर्नेे बताए । घरमा उचित शौचालय, घर वरीपरी सफाई, लत्ताकपडा सफा र असल खानपानको पहिचान गरी व्यवस्थापन गर्दा महिलासहित सम्पूर्ण परिवारलाई स्वस्थ राख्न सकिने अध्यक्ष त्रिपाठीले बताए ।

    Bas2.jpg

    कार्यक्रममा बास रुपन्देहीकी अध्यक्ष सिमरत कौरले महिनवारी के हो, महिनावारीको समय चक्र, यसको पहिचान कसरी गर्ने, महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, महिनावारीको समयमा हुने खतरा र स्वास्थ्यमा पार्ने असरको अवस्था, महिनावारीको बेला प्रयोग गर्ने प्याड र कपडाको गुणस्तरीयता लगायतका बारेमा प्रशिक्षण गरेकी थिइन् । त्यसै गरी महिलाहरुमा बढी देखिने रोगव्याधी, महिलाहरु हिंसामा पर्ने अवस्था र कारणहरु सहभागीहरुलाई उनले जानकारी गराएकी थिइन् । प्रशिक्षक कौरले महिलाहरु स्वरोजगारी हुनु र शिक्षित हुन अति आवश्यक हरको बताइन् ।

    महिला स्वस्थ भए पुरा परिवार स्वस्थ हुने तर्क दिदै महिला मनिवारीको समय रहँदा परिवारबाट शिष्ट व्यवहार र सहयोग गर्नुपर्ने उनले बताइन् । उनले भनिन, ‘महिनावारी एक प्राकृतिक प्रक्रिया हो यसलाई हामीले चाहेर पनि रोक्न मिल्दैन यसबारे लाज नमानी आफ्नो परिवार र मन मिल्ने साथीसँग शेयर गर्नुपर्दछ । पिरियडको समयको अनुभुति भएपछि स्वच्छ र सफा प्याड आफूसँग लिएर हिंड्नुपर्छ ।’ प्रशिक्षण कार्यक्रममा नितु अग्रहरीले प्राविधिक सहयोग गरेकी थिइन् । 

    bas-3.jpg

    कार्यक्रममा कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादव, कोटहीमाई–५ का वडाध्यक्ष संजय कुमार सैनी, समाजसेवी गुरुवचन यादव, विशाल गुप्ता, समा कान्दु लगायतले बोलेका थिए ।

    कार्यक्रममा प्रो इजी सेनेटरी प्याडले सहभागीलाई प्याड, जेन डिटरजेन्टले साबुन, सिजी कम्पनीले वाईवाई चाउचाउ र रियो कम्पनीले जूस सहयोग गरेको आयोजकले जनाएका छन् ।

    बास रुपन्देहीका अध्यक्ष सिमरत कौरको अध्यक्षता, कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीको प्रमुख आतिथ्यता तथा सर्वेश लोहारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij