images

आइतवार, बैशाख १६ गते २०८१

गैडहवामा भिडियो एक्स–रे सेवा शुभारम्भ 

गैडहवामा भिडियो एक्स–रे सेवा शुभारम्भ 

images
images
images
शुक्रवार, भाद्र १ २०८०
शुक्रवार, भाद्र १ २०८०
  • गैडहवामा भिडियो एक्स–रे सेवा शुभारम्भ 

    रुपन्देही, १ भदौ ।
    रुपन्देहीको गैडहवा गाउँपालिकामा निःशुल्क भिडियो एक्सरे (अल्ट्रा साउण्ड) सेवा शुभारम्भ भएको छ । बिहीबार सुर्यपुरामा स्वास्थ्य चौकीमा भएको एक कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले अल्ट्रासाउण्ड सेवाको उद्घाटन गरेका हुन् ।

    images

    कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले गैडहवाको स्वास्थ्यसम्बन्धी समस्या समाधानका निम्ति लागिपरेको बताए । उनले अब भिडियो एक्स–रेका लागि गैडहवा बाहिर जानुपर्ने बाध्यता हटेको भन्दै स्वास्थ्यको पहुँचमा नभएकाहरूलाई पालिकाले विशेष अभियान सञ्चालन गर्ने बताए । २ वर्षभित्र सुर्यपुराको स्वास्थ्य चौकीलाई स्तरउन्नति गरी सम्पन्न गर्ने र गाउँपालिकालाई स्वास्थ्य क्षेत्रमा सबल बनाउने उनले दावी गरे ।

    कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा नम्बर ५ का वडाअध्यक्ष विजय कुमार शर्मा, डाक्टर नवीन पाण्डे लगायतले बोल्दै भिडियो एक्स–रे सेवाले पालिकाको स्वास्थ्य क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने बताए ।

    वडा नम्बर ६ का वडाअध्यक्ष राजकुमार लोधको अध्यक्षता, स्वागत स्वास्थ शाखा प्रमुख सुरेन्द्र चौहानको स्वागत तथा सुर्यपुरा स्वास्थ चौकी प्रमुख मीना पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij