images

आइतवार, बैशाख १६ गते २०८१

सियारीका स्वास्थ्य संस्थाहरुमा अनुगमन

सियारीका स्वास्थ्य संस्थाहरुमा अनुगमन

images
images
images
बिहिवार, श्रावण ३२ २०८०
बिहिवार, श्रावण ३२ २०८०
  • सियारीका स्वास्थ्य संस्थाहरुमा अनुगमन

    सियारी, ३२ साउन । रुपन्देहीको सियारी गाउँपालिकाले सियारी क्षेत्रमा रहेका औषधि पसल तथा स्वास्थ्य क्लिनिकमा अनुगमन गरेको छ । कार्यालयले अनुगमन समितिको संयोजक एवं उपाध्यक्ष तारा थारुको संयोजकत्वमा सियारी–७ स्थित अमुवा र कनरीमा रहेका ४ वटा विभिन्न स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकांश स्वास्थ्य संस्थाहरु गाउँपालिकामा दर्ता नभएका तथा नविकरण नभइ सञ्चालनमा रहेको पाइएको अनुगमन समिति संयोजक थारुले जानकारी दिइन् । 

    images

    सियारीले सुरु गरेको अनुगमनलाई निरन्तरता दिने जनाउँदै उपाध्यक्ष थारुले पहिलोपटक उनीहरुलाई सम्झाईबुझाई नैसियत दिएर आएको र तत्काल दर्ता नविकरण लगायतका काम नभए कानूनी कारवाहीमा अगाडि बढ्ने बताइन् । पालिकाले वडा नम्बर ७ मा रहेको युनिक मेडिको फार्मा, अमुवा पोलिक्लिनिक, मेरिना मेडिको सेन्टर र गुप्ता हेल्थ क्लिनिकको अनुगमन गरेको थियो । 

    त्यसमध्ये युनिक मेडिको फार्माले नियमविपरीत बिरामीको जाँच गर्ने गरेको तथा जथाभावी रुपमा फोहर फाल्ने गरेको हुँदा फोहर व्यवस्थापन गर्न सुझाव दिएर आएको स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीले जानकारी दिए । उनले अनुगमन निरन्तर हुने भएकोले पहिलोपटक सचेत गराइएको स्वास्थ्य संस्थाहरुमा पुनः अनुगमन गरिने र सुधार नभएको पाइएमा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइने बताए । 

    अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, योजना शाखा प्रमुख रोमलाल पुरी, पत्रकार, नगर प्रहरीलगायतको सहभागीता रहेको थियो । 

    Anugaman 1.JPG

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij