images

मंगलवार, बैशाख २५ गते २०८१

सिद्धार्थनगरलाई फूलैफूलको शहर बनाउने लक्ष्य छ : मेयर खान

सिद्धार्थनगरलाई फूलैफूलको शहर बनाउने लक्ष्य छ : मेयर खान

images
images
images
मंगलवार, श्रावण २३ २०८०
मंगलवार, श्रावण २३ २०८०
  • सिद्धार्थनगरलाई फूलैफूलको शहर बनाउने लक्ष्य छ : मेयर खान

    भैरहवा, २३ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले सिद्धार्थनगरलाई फूलैफूलको शहर बनाउने लक्ष्य रहेको बताएका छन् । यसमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा उनले जोड दिए ।

    images
    images
    images

    सुजुकीको आधिकारीक विक्रेता पाठक मोटर्स ग्रुपले सोमबार भैरहवामा आयोजना गरेको नयाँ मोडलका चारपांग्रे सवारी (जिम्नी र फ्रोन्क्स) लन्च कार्यक्रममा बोल्दै नगरप्रमुख खानले एक–डेढ वर्षपछि सिद्धार्थनगरलाई सुन्दर शहरको रुपमा हेर्न पाइने बताए । उनले भने, ‘साढे १२ हजार फूल र फलफूलका विरुवा रोपिसकेका छौं । अझै १०–१५ हजार विरुवा लगाउँछौं । ५ वर्षमा करिब ५० हजार विरुवा लगाउँछौं । फूल गल्लीगल्ली र टोलटोलमा लगाउँछौं ।’ सम्पूर्ण वडाअध्यक्षहरुलाई प्रत्येक वडामा टोल सुधार समितिमार्फत टोलटोलमा फूलका विरुवा रोप्ने कार्य अगाडि बढाउन भनिएको बताए ।

    नेपालमा यस्तो शहर छ जहाँ गल्ली गल्ली र टोलटोलमा फूलैफूल छ भन्ने गरी भैरहवा आउने वातावरण बनाउने सपना रहेको उनले बताए । उनले भने, ‘भैरहवामा स्वदेश-विदेशबाट मानिसहरु यहाँका टोलटोल र गल्लीमा फूलफूलै छ भनेर हेर्न आउँछन् भन्ने भावनाका साथ अघि बढेका छौं ।’ फूल किन्न नगरपालिकाले पनि सहयोग गर्ने र आफ्नोतर्फबाट पनि केही लगानी गर्न उनले आग्रह गरे ।

    करिब २ करोड लागतमा सिद्धार्थनगरमा लाइट जडान हुने जानकारी गराउँदै उनले ५ वटा हाइमास्ट लाइट र हाइमास्ट भन्दा सानो २७५ वटा लाइट (शहर झिलीमिली) बनाउन जडान हुने बताए ।

    उनले सिद्धार्थनगर नगरपालिकाभित्र  ५ सयवटा मात्र तीनपांग्रे (टेम्पो तथा ई–रिक्सा) चल्न पाउने गरी नगरपालिका अघि बढेको बताए । उनले भने, ‘नगरमा अहिले १ हजार २ सय तीनपांग्रे सवारीसाधन चलिरहेका छन् । यसले राम्रो गरेको छैन । ५ सय मात्र तीनपांग्रे सवारी चलाएर सर्वप्रथम सिद्धार्थनगरबासीलाई स्वरोजगार बनाउन प्राथमिकता दिइनेछ ।’

    उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि लागिपर्ने बताए । उनले विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि कहाँ जानुपर्छ जान्छौं भन्दै सरकारलाई पनि झकझकाउने बताए । उनले यसका लागि सम्पूर्ण संघ–संस्था तथा सञ्चार क्षेत्र लाग्नुपर्नेमा जोड दिए । यहाँ अरबौंको लगानी होटल क्षेत्रमा रहेको र उद्योगी व्यवसायीले जग्गा पनि खरिद गरिसकेको मेयर खानको भनाइ छ ।

    उनले भने, ‘यो विमानस्थलको भविष्य उज्जवल छ । विमानस्थल सञ्चालन भएपछि सानोदेखि ठूलो व्यवसाय अझ राम्रोसँग चल्छ । यो भगवान गौतमबुद्धको पावन नगरी हो ।’

    उनले सिद्धार्थनगर ‘बेष्ट सिटी’ को रुपमा स्थापित हुने र क्लिन, ग्रीन र इकोफ्रेण्डिली सिटी बनाउनेतर्फ नगरपालिका अघि बढेको बताए । उनले डण्डा कोरिडोरको स्थापना हुने र त्यो प्रोजेक्ट सञ्चालन भएपछि न्यूनतम तीनदिन यहाँ पर्यटकको बसाइ हुने बताए । नगरप्रमुख खानले छाडा चौपायाको व्यवस्थापन छिटोभन्दा छिटो हुने र फोहोर व्यवस्थापनका निम्ति लागिपरेको बताए ।

    उनले पाठक मोटर ग्रुपले धेरै राम्रो काम गरेको बताए । उनले आर्थिक मन्दीको बेलामा जोखिम लिएर पाठक मोटर ग्रुप अगाडि बढेको बताए

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij