२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

रोहिणीमा पूर्व शिक्षक, उत्कृष्ट विद्यालय र शिक्षक सम्मानित

शुक्रवार , आषाढ २९, २०८०

भैरहवा, २९ असार ।
रुपन्देहीको रोहिणी गाउँपालिकाले गाउँपालिकाभित्र पूर्वशिक्षक (अवकाशप्राप्त), उत्कृष्ट विद्यालय र उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ । बिहीबार रोहिणी–३ धकधईस्थित सरस्वती थर्क बहादुर रायमाझी सेवा फाउण्डेशन धर्मशालामा भएको १३ औं गाउँसभामा सम्मान गरिएको हो ।

लामो समय रोहिणी गाउँपालिकाभित्रका विद्यालयमा कार्यरत रही अवकाशप्राप्त ५४ जना स्थायी शिक्षकहरुलाई सम्मान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए ।

त्यस्तै श्री भविष्य उज्जवल आधारभूत विद्यालयलाई ‘उत्कृष्ट विद्यालय’ र श्री पिपरहवा माध्यमिक विद्यालयका गणित शिक्षक राधेश हरिजनलाई ‘उत्कृष्ट शिक्षक’ बाट सम्मान गरिएको थियो । 

त्यसै गरी धकधई स्रोत केन्द्रका पूर्व स्रोत व्यक्ति तथा रोहिणी गाउँ शिक्षा समितिका सदस्य तारानाथ त्रिपाठीलाई सम्मान गरिएको थियो ।

पूर्व शिक्षकहरु, उत्कृष्ट विद्यालयका प्रधानाध्यापक धनेश्वर कंवर र उत्कृष्ट शिक्षक राधेश हरिजनलाई रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, प्रवक्ता वीर बहादुर क्षेत्री, वडा नम्बर १ का वडाअध्यक्ष आविद अली पठानलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मान गरेको थिए ।

IMG_2181.JPG

त्यस्तै १३ औं गाउँसभामा गाउँपालिकाभित्र निर्माण हुने १५ शैया अस्पताल पुग्ने सडकका लागि जग्गा प्रदान गर्ने जग्गादाता डा. अनुप यादव, ध्रुव चौधरी र वेचन चौधरीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, उत्कृष्ट कर्मचारी, पत्रकारलगायतलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।