२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

सियारीको वित्तीय प्रगती ८७ दशमलव २९ प्रतिशत 

बुधवार , आषाढ २७, २०८०

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २७ असार ।

    रुपन्देहीको सियारी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ८७ दशमलव २९ प्रतिशत वित्तीय प्रगति गरेको छ ।

    गाउँपालिकाले सार्वजनिक गरेको वित्तीय प्रगती विवरणअनुसार पूँजीगत तर्फ ८७ दशमलव २९ प्रतिशत तथा चालु खर्चतर्फ ८७ दशमलव ०५ प्रतिशत खर्च भएको लेखा अधिकृत नारायण पौडेलले जानकारी दिए ।

    सियारीले आर्थिक वर्ष २०७९/८० मा चालु खर्चतर्फ ४५ करोड ११ लाख ७७ हजार विनियोजन गरेकोमा ३८ करोड ४० लाख ३९ हजार ६ सय ७३ रुपैयाँ खर्च भएको अधिकृत पौडेलले जानकारी दिए ।

    यता पूँजीगततर्फ ३१ करोड ७६ लाख ७३ हजार विनियोजन गरेकोमा २७ करोड ७२ लाख ८४ हजार ३ सय ९६ रुपैयाँ खर्च भएको पौडेलले जानकारी दिए ।

    चालु र पँुजीगततर्फ विनियोजन गरेको ७५ करोड ८८ लाख ५० हजार विनियोजन गरेकोमा ६६ करोड १३ लाख २४ हजार ६९ रुपैयाँ अर्थात ८७ दशमलव १४ प्रतिशत खर्च गर्न सफल भएको अधिकृत पौडेलले जानकारी दिए ।