२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धार्थनगर–४ मा कृषकहरुलाई पम्पसेट र डेलिभरी पाईप वितरण

बिहिवार , आषाढ २१, २०८०

भैरहवा, २१ असार ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४, वडा समितिको कार्यालयले कृषकहरुलाई पम्पसेट र डेलिभरी पाईप वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा वडा कार्यालयले कृषकलाई पम्पसेट र डेलिभरी पाईप वितरण गरेको सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले बताए । बुधबार ४५ थान पम्पसेट र ५० थान डेलिभरी पाईप वितरण गरिएको वडाअध्यक्ष यादवले जानकारी दिए ।

‘ कृषकलाई कृषि पेशातर्फ प्रोत्साहन गर्न पम्पसेट र डेलिभरी पाईप वितरण गरिएको हो । वडाअध्यक्ष यादवले भने, ‘कृषि क्षेत्रको विकासका लागि सक्दो कार्यक्रम सञ्चालन गर्छौं ।  ’

कृषकहरुलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खान, वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), वडा सदस्यहरु, सिद्धार्थनगर नगरपालिकाका कृषि तथा पशु विकास शाखा प्रमुख योगेन्द्र प्रसाद यादवलगायतले पम्पसेट तथा डेलिभरी पाईप वितरण गरेका थिए ।