२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रोटरी र रोट्याक्टद्वारा संयुक्त वृक्षारोपण

शनिवार , श्रावण १७, २०७७


बुटवल, १७ साउन ।
रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही, रोट्याक्ट क्लब अफ तिलोत्तमा देवदह र रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको संयुक्त आयोजनामा स्मृति सामुदायिक वन देवदहमा शनिबार वृक्षारोपण गरेको छ । वृक्षारोपणमा योजनासहित सहभागिता नाम दिएर क्लबले नवौं पटक वन क्षेत्रमा वृक्षारोपण गरेको हो ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले वार्षिक कार्यक्रमलाई निरन्तरता दिएको बताए । स्वार्थ भन्दा सेवा माथि भन्ने नारासहित आफुहरु लागेको उनले बताए । स्मृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भरत गुरुङले घोडाहा खोलाको कटानीको समस्या रहेको बताए । 

रोट्याक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष अर्जुन गुरुङले वृक्षारोपणमा योजनासहित सहभागिता नाम राखेर कार्यक्रम गरिएको बताए । 

सितलचिनी, टिक, बकाईनो, ईपिलिपि, सिसौ, खयरका गरी १ सय ५० गरिएको संयोजक तथा कमिटी सर्भिस डाइरेक्टर कृष्ण गैरेले बताए । वृक्षारोपणसंगै विरुवाको रेखदेख समेत गर्ने उनले बताए । 

रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष सुभाष केसी, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका सचिव दिपक भट्टराई, कोषाध्यक्ष निरज श्रेष्ठ, निवर्तमान अध्यक्ष दिपेश अर्याल, पूर्व माधव ढकालले दीर्घकालीन प्रभाव पार्ने गरी कार्यक्रम गरिने बताए ।