
शनिवार , आषाढ १६, २०८०
तिलोत्तमा, १६ असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको रु. २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाँको बजेट शनिबार सम्पन्न नगरसभाबाट सर्वसम्मतिले पारित गरेको छ ।
नगरपालिकाको पहिलो नगरसभा बैठकमा नगरप्रमुख रामकृष्ण खाणले गत असार ७ गते बिहीबार बजेट नीति तथा कार्यक्रम पेश पेश गरेको थिए । सो नगरसभा लगत्तै असार ९ गते उपप्रमुख जगेश्वर देवी चौधरीले रु. २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् । असार १६ गते शनिबार सम्पन्न नगरसभाको तेस्रो बैठकले बजेट नीति तथा मार्गदर्शन तथा कार्यक्रम पारित गरेको थियो । सोहीअनुसारको बजेट नगरसभाको तेस्रो बैठकमा पेश भएको हो ।
बजेटमा चालु खर्चतर्फ रु.१ अर्ब ६ करोड २४ लाख ५० हजार र पूँजीगततर्फ रु १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार बिनियोजन गरिएको छ । शनिबार सम्पन्न नगरसभामा बेरुजु सम्परीक्षण, न्यायीक समितिको प्रतिवेदन, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयकको स्वीकृतिको लागि निर्णयार्थ पेश गरी सो प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतिले पारित गरिएको छ ।
नगरपालिकाको सभाहलमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता, नगरप्रमुख खाणले गरेका थिए भने नगर उपप्रमुख चौधरीले बजेटसम्बन्धी नगरसभा सदस्यले राखेका जिज्ञासाको सहजीकरण गरेकी थिइन् ।
विभिन्न विषयगत समितिका तर्फबाट नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक जागेश्वरदेवी चौधरीले न्यायीक समितिको प्रतिवेदन, कार्यपालिका सदस्य राधा शाहीले सुशासन तथा संस्थागत विकास समितिको प्रतिबेदन र फर्सुराम गिरीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij