images
images

शनिवार, जेठ ५ गते २०८१

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको अध्यक्ष र सदस्यमा निर्वाचितलाई सम्मान

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको अध्यक्ष र सदस्यमा निर्वाचितलाई सम्मान

images
images
images
बुधवार, आषाढ ६ २०८०
बुधवार, आषाढ ६ २०८०
  • नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको अध्यक्ष र सदस्यमा निर्वाचितलाई सम्मान

    भैरहवा, ६ असार ।
    नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको चौथो महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा निर्वाचित मनोज अग्रवाल तथा केन्द्रीय सदस्यमा निर्वाचित विनित बेरिवाल र अशोक डागालाई सम्मान गरिएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले मंगलबार एक कार्यक्रमकाबीच निर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरेको वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए ।

    images
    images
    images

    गत असार २ गते शनिबार सुनसरीको इटहरीमा सम्पन्न नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको छैटौं महाधिवेशनबाट भैरहवाका अग्रवाल अध्यक्षमा तथा बेरिवाल र अशोक डागा केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका थिए ।

    अध्यक्षमा निर्वाचित अग्रवाल मारवाडी युवा मंच भैरहवाका निवर्तमान अध्यक्ष समेत हुन् । त्यस्तै केन्द्रीय सदस्यमा निर्वाचित बेरिवाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य तथा मारवाडी युवा मंच भैरहवाका अध्यक्ष हुन् । त्यस्तै गरी अर्का केन्द्रीय सदस्य डागा मारवाडी युवा मंच भैरहवाका महासचिव हुन् ।

    सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता, समाजसेवी तथा उद्योगी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यता, वडा सचिव बन्दना उपाध्यायको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा वडा सदस्य प्रेम नारायण गुप्ता, समाजसेवी ऋषिकेश अग्रवाल, वृजेश अग्रवाल, मनोज अग्रवाल, श्रीचन्द गोयन्का, केशव हलुवाइ, दिपेन्द्र मान श्रेष्ठ, हरिश सेठिया, सुनिल सेठियालगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij