images

सोमवार, बैशाख २४ गते २०८१

सरकारले किसानलाई समयमै मल उपलब्ध गराउनुपर्छ : अध्यक्ष यादव

सरकारले किसानलाई समयमै मल उपलब्ध गराउनुपर्छ : अध्यक्ष यादव

images
images
images
सोमवार, आषाढ ४ २०८०
सोमवार, आषाढ ४ २०८०
  • सरकारले किसानलाई समयमै मल उपलब्ध गराउनुपर्छ : अध्यक्ष यादव

    भैरहवा, ४ असार ।
    रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले सरकारले किसानलाई समयमै मल उपलब्ध गराउनुपर्ने बताएका छन् । रिपोर्टर्स क्ल्ब नेपाल लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा आइतबार भैरहवामा भएको सुशासनका लागि साक्षरता कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

    images
    images
    images

    उनले सरकारले किसानलाई समयमै रासायनिक मल पनि दिन नसक्ने र सीमापारी भारतबाट मल ल्याउँदा प्रहरीले समात्ने किसानको गुनासो रहेकाले समस्या समाधान गर्नुपर्ने बताए । उनले भने, ‘रोहिणी गाउँपालिकामा अधिकांश नागरिक कृषि पेशामा आबद्ध हुनुहुन्छ । समयमा मल नपाउँदा निकै नै समस्या छ । ’

    जनतालाई नजिकबाट सेवा दिदै र गुनासो सुन्दै सल्लाह-सुझाव लिएर अघि बढेको उनको भनाइ छ । उनले जनताको काम छिटोछरितो गर्ने प्रयास गर्दागर्दा केही प्रक्रियागत कारणले ढिला हुने गरेको बताए । उनले भने, ‘जनतालाई सकेसम्म छिटोछरितो सेवा दिन तत्पर छौं, तर कहिलेकाहीं केही समय लाग्छ र जनप्रतिनिधिप्रति आक्रोश बढ्छ । ’

    अहिले विभिन्न पालिकामा फोहोरमैला व्यवस्थापनको समस्या रहेकोले यसलाई व्यवस्थित गर्न पालिकाहरु मिलेर अघि बढ्नुपर्ने अध्यक्ष यादवले बताए । रोहिणी गाउँपालिकाले प्रशासकीय भवन, १० शैयाको अस्पताल र क्याम्पस निर्माणका निम्ति लागिपरेको उनले जानकारी दिए । सुशासन कायमका लागि सर्वप्रथम आफूबाट सुरु गर्नुपर्ने र इमान्दार बन्नुपर्ने उनको भनाइ छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij