images

आइतवार, बैशाख २३ गते २०८१

सिद्धार्थनगर–१२ वडा कार्यालयद्वारा डस्टबीन वितरण

सिद्धार्थनगर–१२ वडा कार्यालयद्वारा डस्टबीन वितरण

images
images
images
सोमवार, जेठ २९ २०८०
सोमवार, जेठ २९ २०८०
  • सिद्धार्थनगर–१२ वडा कार्यालयद्वारा डस्टबीन वितरण

    भैरहवा, २९ जेठ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई ‘क्लिन’ ‘ग्रिन’ एण्ड ‘इको फ्रेण्डली सिटी’ को रुपमा विकसित गर्नका लागि नगरपालिकाको कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाको वडा नम्बर १२ को कार्यालयले वडालाई सफा राख्न डस्टबीन वितरण गरेको छ ।

    images
    images
    images

    वडा कार्यालयद्वारा सोमबार एक कार्यक्रमकाबीच वडामा सञ्चालित व्यवसायिक प्रतिष्ठान, विद्यालय, कलेज, मन्दिरलगायतलाई डस्टबीन वितरण गरिएको सिद्धार्थनगर–१२ का वडाअध्यक्ष कुमार गुरुद्वले बताए । उनले सिद्धार्थनगरलाई ‘क्लिन’ ‘ग्रिन’ एण्ड ‘इको फ्रेण्डली सिटी’ बनाउने सपना साकार पार्न वडा कार्यालयले प्रयास गरेको बताए । वितरण गरिएको डस्टबीन टिनको ड्रम र फलामबाट बनाइएको छ ।

    ‘वडामा सञ्चालित रहेका व्यवसायिक प्रतिष्ठान, विद्यालय लगायतलाई डस्टबीन वितरण गरेका छौं’, उनले भने, ‘यसले वडा/नगरलाई सफा राख्नमा व्यवसायिक प्रतिष्ठान, विद्यालय, कलेजलाई प्रोत्साहित गर्नेमा विश्वस्त छौँ ।’
    नगरपालिका/वडालाई ‘क्लिन’ ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली सिटी’ बनाउन नगरपालिका÷वडालाई मात्र जिम्मेवारी दिएर नहुने भन्दै सबैको भुमिका महत्वपूर्ण रहनुपर्ने उनको भनाइ छ । उनले संकलन गरिएको फोहोर सडकमा नभइ नगरपालिकाको ट्याक्टरमा फाल्न आग्रह गरे ।

    कार्यक्रमका प्रमुख अतिथि वडाका जेष्ठ नागरिक ८० वर्षिय खगराज आचार्यले सिद्धार्थनगर वडा नम्बर १२ ले सराहनीय कार्यहरु गर्दै आएकोमा प्रशंसा गरे । उनले डस्टबीन वितरण महत्वपूर्ण कार्य भएको बताए । डस्टबीन वितरण कार्यक्रमले नगर तथा वडालाई सफा र हरभरा राख्नमा सहयोग पुग्ने उनको भनाइ छ ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष कुमार गुरुङ्गको अध्यक्षता, वडाका जेष्ठ नागरिक खगराज आचार्यको प्रमुख आतिथ्यता तथा भरत रजकको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य दु्रपदा पनेरु, समिर थापा, समाजसेवी हरिश सेठिया, ठाकुर प्रसाद अधिकारी, नारायण शर्मा, सुशिल कुवँर, शेषकान्त भण्डारी, राजेश लाकौल, राजु गुरुङ्गलगायतको उपस्थिति रहेको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij