images
images

बुधवार, जेठ २ गते २०८१

सिद्धार्थनगर–५ मा दुईदिने उद्घोषण तथा भाषण कला प्रशिक्षण सुरु

सिद्धार्थनगर–५ मा दुईदिने उद्घोषण तथा भाषण कला प्रशिक्षण सुरु

images
images
images
आइतवार, जेठ २८ २०८०
आइतवार, जेठ २८ २०८०
  • सिद्धार्थनगर–५ मा दुईदिने उद्घोषण तथा भाषण कला प्रशिक्षण सुरु

    भैरहवा, २८ जेठ ।
    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालयको आयोजनामा आइतबारदेखि भैरहवामा उद्घोषण भाषण तथा भाषण कला प्रशिक्षण कार्यक्रम सुरु भएको छ । महिला सशक्तिकरणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए । उनले महिलाको अन्तनीहित प्रतिभालाई प्रस्फुटन गर्नु कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । वडाअध्यक्ष श्रेष्ठले भने, ‘प्रशिक्षण कार्यक्रमले कसरी कार्यक्रम सञ्चालन गर्ने र कसरी भाषण गर्नेबारे सिक्न सहयोग गर्छ । महिलालाई अगाडि बढाउन कार्यक्रमले सहयोग गर्ने अपेक्षा रहेको छ । ’ उनले नागरिकको समस्या समाधानका निम्ति लागिपरेको बताए ।

    images
    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले कला सिके अगाडि बढ्न सकिने बताए । उनले पिछडिएको महिलालाई अगाडि बढाउन यस्ता तालिमले सहयोग गर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत पौड्यालले भने, ‘यो जीवनउपयोगी कार्यक्रम हो । यसको सदुपयोग गर्न म आग्रह गर्दछु ।’ उनले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा एक वर्षमा राम्रा कामहरु भएको र पाँच वर्षमा वडा कार्यालयले सबैलाई समेट्ने विश्वास व्यक्त गरे ।

    जयसवाल महिला सेवा समिति भैरहवा, रुपन्देहीकी अध्यक्ष पुनम जयसवालले वडा कार्यालयले राम्रो कार्यक्रम आयोजना गरेको बताइन् । उनले भनिन्, ‘कार्यक्रम सफल बनाउन म आग्रह गर्न चाहन्छु ।’

    समाजसेवी तथा उद्योगी ब्रिजेश अग्रवालले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले महत्वपूर्ण कार्य गरेको बताए । उनले उद्घोषण तथा भाषण कला जीवनका लागि महत्वपूर्ण रहेको बताए ।

    कार्यक्रमका प्रशिक्षक विजय पाण्डेले कार्यक्रममा सैद्वान्तिक भन्दा प्रयोगात्मकलाई बढी जोड दिइने बताए ।

    सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालको प्रमुख आतिथ्यता, वडा सदस्य किरन देवी सुनारको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    कार्यक्रममा ३४ जना प्रशिक्षार्थीको सहभागीता रहेको वडा सदस्य विनित बेरिवालले जानकारी दिए ।

    IMG_9046.JPG

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij