
बिहिवार , जेठ २५, २०८०
भैरहवा, २५ जेठ ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका लागि छलफलसहित राय सुझाव संकलन गर्ने भएको छ ।
राय सुझाव संकलन कार्यक्रम यही जेठ २९ गते सोमबार बिहान ११ बजे ओमसतिया गाउँपालिकाको कार्यालय, हाटीफर्साटिकरमा आयोजना गरिएको अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले बताए ।
कार्यक्रममा सहभागीताका लागि राजनैतिक दल, पूर्व जनप्रतिनिधि, आमा समूह, महिला, बालबालिका, ज्येष्ठ नागरिक सञ्जाल, स्थानीय सहकारी तथा वित्तीय संस्था, स्थानीय उद्योग वाणिज्य संघ, विद्यालय प्रमुख तथा व्यवस्थापन समितिका अध्यक्ष/प्रतिनिधि, टोल विकास तथा उपभोक्ता समूहका अध्यक्ष तथा सम्बन्धित सरोकारवाला सबैलाई आग्रह गरिएको अध्यक्ष यादवले जानकारी दिए ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सम्पूर्ण स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij