images

शनिवार, बैशाख २२ गते २०८१

सियारी गाउँपालिकाका कर्मचारीमाथि हातपात 

सियारी गाउँपालिकाका कर्मचारीमाथि हातपात 

images
images
images
मंगलवार, जेठ २३ २०८०
मंगलवार, जेठ २३ २०८०
  • सियारी गाउँपालिकाका कर्मचारीमाथि हातपात 

    भैरहवा, २३ जेठ । 
    रुपन्देहीको सियारी गाउँपालिकाको प्राविधिक शाखामा कार्यरत कर्मचारीमाथि अभद्र व्यवहार र हातपात गरिएको छ । सियारी–५ मा निर्माणाधिन अवस्थामा रहेको विरेन्द्र माध्यमिक विद्यालयको छतको ढलान गर्ने क्रममा प्राविधिक त्रुटी सच्याउन आग्रह गर्दा गाउँपालिकामा कार्यरत असिस्टेन्ट सव–इञ्जिनियर केशव पौडेलमाथि ठेकेदार र उनका मजदूरले कुटपिट गरेको पीडित पौडेलले जानकारी दिए । 

    images
    images
    images

    उनले ढलान गर्ने क्रममा निरीक्षण गर्दा प्राविधिक त्रुटी सच्चाएर ढलान गर्न आग्रह गर्दा त हामीलाई सिकाउने को होस् भन्दै फलामे डण्डीलगायतले कुटपिट गरेको बताए । उनले काम गर्दै गरेका सियारी–३ सीतापुर निवासी अर्जुन चाईलगायत ५ जनाको समूहले टाउकोमा कुटपिट गरेको बताए । 

    पालिकाले खटाएको काममा गएका आफ्ना कर्मचारीलाई अभद्र व्यवहार तथा  हातपात गर्ने व्यक्तिलाई कानूनी कारवाही नहुँदासम्म काम गर्न नसकिने अवस्था सिर्जना भएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । कुटपिटको विरोधमा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको नेतृत्वमा पालिकामा कार्यरत कर्मचारीले विरोध स्वरुप पेनडाउन गरेका थिए । 

    कर्मचारीहरुले कुटपिटमा संलग्न मजदूरलाई हदैसम्मको कारवाही र विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले पनि घटनाबारे सत्यतथ्य छानबीन गर्न माग गरेका छन् । 

    पालिकाका अध्यक्ष थानेश्वर घिमिरेले कर्मचारीमाथि हातपात र अभद्र व्यवहार गर्ने माथि हदैसम्मको कारवाहीका लागि स्थानीय प्रहरी प्रशासनलाई आग्रह गरिएको बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij