images

बिहिवार, बैशाख १३ गते २०८१

धरानका महिला स्वास्थ्य स्वयंसेविकालाई लुम्बिनीमा स्वागत

धरानका महिला स्वास्थ्य स्वयंसेविकालाई लुम्बिनीमा स्वागत

images
images
images
शुक्रवार, जेठ १२ २०८०
शुक्रवार, जेठ १२ २०८०
  • धरानका महिला स्वास्थ्य स्वयंसेविकालाई लुम्बिनीमा स्वागत

    भैरहवा, १२ जेठ ।
    धरान उपमहानगरपालिकाका स्वास्थ्य स्वयंसेविका महिलाहरुलाई स्वागत तथा सम्मान गरिएको छ । अवलोकन भ्रमणका लागि लुम्बिनी साँस्कृतिक नगरपालिकामा आएका १४१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई बिहीबार नगरपालिकाले स्वागत गरेको हो ।

    images

    कार्यक्रममा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले धरान र लुम्बिनीबीच सम्बन्ध प्रगाढ भएको बताइन् । उनले महिला स्वास्थ्य स्वयंसेविकाको क्षेत्रमा आगामी बजेटमा कार्यक्रम राख्ने गरी योजना तर्जुमा गरिने बताइन् । आगामी दिनमा लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेका १३१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अवलोकन भ्रमण लैजाने उनले प्रतिवद्धता व्यक्त गरिन् ।

    धरान उपमहानगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविका अध्यक्ष विजयकला राईले लुम्बिनी साँस्कृतिक नगरपालिका पर्यटकीय महत्व बोकेको क्षेत्र भएको बताइन् । भगवान गौतमबुद्धको जन्मभुमि ल्ुम्बिनीको पवित्र भुमिको अवलोकन गर्न पाउँदा खुशी लागेको बताउँदै राईले महिला स्वास्थ्य क्षेत्रमा धरानले काम गरेकोबारे जानकारी गराइन् ।

    लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रेस संयोजक सुरेश परियारको सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र प्रसाद चौधरी, धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा कर्मचारी दिपकला राई लगायतको आतिथ्यता रहेको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij