images

शुक्रवार, बैशाख १४ गते २०८१

ओमसतियाका अधिकांश उद्योग गाउँपालिकामा दर्ताबिनै सञ्चालित

ओमसतियाका अधिकांश उद्योग गाउँपालिकामा दर्ताबिनै सञ्चालित

images
images
images
मंगलवार, जेठ ९ २०८०
मंगलवार, जेठ ९ २०८०
  • ओमसतियाका अधिकांश उद्योग गाउँपालिकामा दर्ताबिनै सञ्चालित
    उद्योगमा अनुगमन गर्दै गाउँपालिकाको टोली

    भैरहवा, ९ जेठ । 
    रुपन्देहीको ओमसतिया गाउँपालिकाले गाउँपालिकाअन्र्तगतका उद्योगमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश उद्योगहरु पालिकामा दर्ता नभएको गाउँपालिकाले जनाएको छ । वडा नम्बर १ बाट सुरु गरेको अनुगमनलाई निरन्तरता दिदै गाउँपालिकाले सोमबार वडा नम्बर ३ मा रहेका विभिन्न उद्योग एवं व्यवसायिक प्रतिष्ठानहरुमा अनुगमन गरेको थियो । 

    images

    अनुगमन गरिएकोमध्ये एलिको रसायन ट्रेडर्स, मेगा केमिकल ईण्डष्ट्रिज, मेगा केभिको प्याकेजिङ्ग ईण्डष्ट्रिजबाहेक अन्य उद्योगहरु गाउँपालिकामा दर्ता नरहेको अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बताइन् । ‘अन्य निकायहरुमा दर्ता रहेको देखिन्छ, तर जहाँ उद्योग सञ्चालनमा रहेको छ त्यहाँ नै दर्ता नहुनु कानूनविपरीत हो ।” उनले भनिन, ‘पहिलो पटकलाई दर्ता गर्ने शर्तसहित छोडेका छौं, अब कारवाहीको प्रक्रियामा लाग्नेछौं ।’

    ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले गाउँपालिकामा सञ्चालित उद्योग–व्यवसायहरुले मापदण्ड पुरा गरे/नगरेको, दर्ता भए/नभएको, गुणस्तर, मूल्यसूचीलगायतको विषयमा अनुगमन गरिएको बताए । अध्यक्ष यादवकाअनुसार यसलाई अब निरन्तर रुपमा कडाइका साथ अघि बढाइनेछ । उनले गाउँपालिका अन्तर्गतका सबै उद्योग, व्यवसायिकक प्रतिष्ठानलगायत अन्य पसललाई पनि पालिकामा दर्ता हुने आग्रह गरे । ‘ठूला–साना जुनसुकै उद्योग भए पनि पालिकामा दर्ता हुन अनिवार्य रहेको छ ।’ यादवले भने, ‘यो करको लागि नभइ उद्योगहरुको सामाजिक उत्तरदायित्व पनि हो ।”

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले पालिकामा सबै व्यवसाय र उद्योग दर्ता गर्न अनिवार्य रहेको बताए । पालिका स्तरमा अनुगमनको जिम्मा उपाध्यक्षलाई रहेको छ । संयोजकको नेतृत्वमा सरोकारवालालाई साथ लिइ अनुगमन सुरु गरिएकोले सबैलाई सहयोग गर्न उनले आग्रह गरे । अधिकार खोज्ने नागरिकलाई करको दायित्व पनि निर्वाह गर्नु पर्ने क्षेत्रीको भनाइ छ । 

    अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीको नेतृत्वमा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश सिंह, संघ–संस्था तथा राजस्व शाखाकी अमृता पाण्डेलगायत सुरक्षाकर्मी एवं पत्रकारहरुको संयुक्त टोलीले सोमबार अनुगमन गरेको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij