images

मंगलवार, बैशाख ११ गते २०८१

सियारीमा प्रथम आवधिक योजनाका विषयमा छलफल

सियारीमा प्रथम आवधिक योजनाका विषयमा छलफल

images
images
images
सोमवार, जेठ १ २०८०
सोमवार, जेठ १ २०८०
  • सियारीमा प्रथम आवधिक योजनाका विषयमा छलफल

    भैरहवा, १ जेठ । 
    रुपन्देहीको सियारी गाउँपालिकाले आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने कार्यक्रम तय गर्ने उद्देश्यअनुरुप प्रथम आवधिक योजनाको गहन छलफल गरेको छ ।

    images

    गाउँपालिकाले आगामी दिनमा गर्ने कार्यक्रमका विषयमा समष्टीगत सोच, लक्ष्य, उद्देश्य, रणनीतिसहितको आवधिक योजनाका विषयमा छलफल गरेको हो ।

    पालिकाका अध्यक्ष, उपाध्यक्ष, सातैवटा वडाका अध्यक्ष, शाखा प्रमुख, विषयगत प्रमुख, वडा सचिव, प्राविधिकलगायत कार्यपालिका सदस्य एवं अन्य कर्मचारीलाई समेटेर दुई दिनसम्म आवधिक योजनाका विषयमा गहन रुपमा छलफल चलाएको थियो ।

    पालिकाले तय गर्ने आवधिक योजनाको सोच, लक्ष्य, उद्देश्य र रणनीति विषयमा संघीय मामिला मन्त्रालयका अधिकृत गोविन्द केसीले प्रशिक्षण दिएका थिए ।

    सियारीले कृषिको व्यवसायीकरण, पर्यटकीय क्षेत्रको विस्तार, दिगो पूर्वाधार तथा सामाजिक पुँजीको निर्माणमार्फत समतामूलक, स्वच्छ, सुशासनयुक्त र समृद्ध गाउँपालिकाको आधार निर्माण गर्ने लक्ष्य लिइएको अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले कृषि, पर्यटन, र दिगो पूर्वाधारयुक्त गरी समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी भन्ने दीर्घकालिन सोच लिएर बताए । उनले सियारीलाई माछामा जस्तै तोरी, हल्दी र खुर्सानीमा आत्मनिर्भर गराउने गरी काम थालिएको बताए ।

    कार्यक्रममा गाउँपालिकाको हालसम्मको वार्षिक बजेट तथा कार्यक्रम र नीति तथा विभिन्न विषय क्षेत्रगत रणनीतिलाई प्रमुख आधारको रुपमा लिदै आवधिक योजनामा छलफल भएको थियो ।

    गाउँपालिकाले आर्थिक, सामाजिक तथा भौतिक विकासको लागि लगानी वृृद्धि गरी उपरोक्त लक्ष्य हासिल गर्न विभिन्न उद्देश्य लिइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

    सियारीले कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको उत्पादन, रोजगारी र आयमा समाबेशी, गुणात्मक र दिगो वृद्धिमार्फत गरीबी न्यूनीकरण गर्ने, स्वस्थ, सृजनशील, सहिष्णु र सीपयुक्त मानव पुँजीको निर्माण गर्ने लगायतका उद्देश्य लिइएको प्रवक्ता तथा वडा नम्बर ७ का वडाअध्यक्ष दीपक बहादुर शाहीले जानकारी दिए ।

    उनले गुणस्तरीय तथा प्रयोगकर्तामैत्री आधारभूत भौतिक पूर्वाधारको दिगो विकाससहित अन्तरआवद्धता सहज, सुरक्षित र व्यवस्थित बनाउने, गाउँपालिकाको सुशासन, सेवा प्रवाह, विकास उपलब्धी र जवाफदेहीताको स्थितिमा गुणात्मक वृद्धि गर्नुलगायतका थप उद्देश्य लिएको बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij